सुनचाँदीको मूल्य घट्यो



काठमाडौँ ।

नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार ७ सय रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी शुक्रबार चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार २८० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्