थप २१ जनामा कोरोना पुष्टि, ८ जना निको



काठमाडौं ।

देशभर पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९९० जनाको पीसीआर परीक्षण गर्दा ७ जना र १ हजार २५८ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी जम्मा २१ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जना निको भएर घर फर्किएका छन् भने हाल देशभर १०९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कसैको मृत्‍यु नभएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अुनसार हाल १०९ जना होम आइसोलेसनमा रहेका छन् । सोमबार थप कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ४८१पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोनाबाट नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार १४५ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्