थप १३ जनामा कोरोना पुष्टि, ९ जना निको



काठमाडौं ।

देशभर थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ५७९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ९ जना र १ हजार ५५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ जनामा गरी जम्मा १३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या ११ लाख १९ हजार ४५० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ९ जना संक्रमितहरु कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेहरुको संख्या ९ लाख ६७ हजार १३७ पुगेको छ ।
हाल नेपालमा १ सय १० जना कोरोनाका सक्रिय संक्रमितहरु छन्

 

प्रतिक्रिया दिनुहोस्