नेपालमा अब कोभिड विरुद्धको खोप ५ देखि ११ बर्षका बालबालिकालाई दिइने



काठमाडौँ ।

बालबालिकालाई दिने कोभिड १९ विरुद्धको फाइजर खोप नेपालमा पनि जेठ २५ गते आउने भएको छ ।नेपालका ५ बर्ष देखि ११ बर्षका बालबालिकाले पनि अन्य मुलुकमा झै कोभिड १९ बिरुद्धको खोप लगाउन पाउने निश्चित भएको छ ।

माथि उल्लिखित उमेर समूहका बालबालिकाका लागि असारको दोस्रो साता देखि खोप लगाउने तयारी भैरहेको स्थास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ५ देखि ११ बर्ष उमेर समूहका ३७ लाख बालबालिकाहरुलाई कोभिडविरुद्धको खोप दिने तयारीमा स्वास्थ्य संस्थाहरु जुटिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बालबालिकाका लागि आवश्यक खोप अमेरिकी सरकारले कोभ्याक्स सुविधा मार्फत ८४ लाख डोज फाइजरको खोप उपलव्ध गराउने प्रतिवद्धता जनाएपछि स्वास्थ्य सेवा विभागले बालबालिकालाई खोप दिने व्यवस्था मिलाउने तयारी थालेको मन्त्रालयले जनाएको छ ।
उक्त खोप पहिलो चरणमा २७ जिल्लाका बालबालिकाहरुलाई र दोस्रो चरणमा ५० जिल्लाका बालबालिकाहरुलाई दिने तयारीमा जुटेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

पहिलो चरणमा झापा, मोरङ्, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, पर्सा, सिन्धुली, काभ्रेपलान्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, चितवन, कास्की, बागलुङ्, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिल्वस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कन्चनपुर, डडेल्धुरा लगायतका जिल्लामा लगाउने लगाउँने र दोस्रो चरणमा बाँकी जिल्लामा खोप दिने तयारीमा सरकार जुटेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्