कामपामा बिहीबारबाट तीन दिने खोप अभियान



काठमाडौं  ।

स्थानीय निर्वाचन सकिएसँगै पहिलो कार्यक्रमका रूपमा काठमाडौं महानगरपालिकाले बिहीबारबाट तीन दिने कोभिड–१९ विरुद्धको अतिरिक्त मात्रा अर्थात् बुस्टर डोज खोप अभियान सञ्चालन गरेको छ । तीन दिनसम्म चल्ने कोभिड विरुद्धको खोपमा मोडर्ना र फाइजर चलाउने कार्यक्रम रहेको कामपाले जनाएको छ ।

काठमाडौं महानगरपालिकाका ३२ वटै वडा कार्यालयका सामुदायिक शहरी स्वास्थ्य क्लिनिक र वडा कार्यालयले तोेकेका स्थानमा बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप लगाउने कार्यक्रम छ । बुस्टर डोज खोप पहिलो र दोस्रो मात्राको खोप लगाएको तीन महिना पूरा भएका १८ वर्ष माथिका सबैलाई मोडर्ना खोप र १२ देखि र १७ वर्षसम्मका नागरिकलाई मोडर्ना वा फाइजर खोप दिन सकिने कामपाले जनाएको छ ।

दोस्रो मात्रा वा बुस्टर डोज खोप लगाउनका लागि पहिला खोप लगाएको कार्ड र परिचय खुल्ने कागजात साथमा ल्याउनुपर्ने महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्