थप २१ जनामा कोरोना सङ्क्रमण पुष्टि, १३ जना निको



काठमाडौं ।

देशभर थप २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुासर पछिल्लो २४ घण्टामा २ हजार २५ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १४ जना र १ हजार ६०३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ जनामा गरी जम्मा २१ जनामा सङ्क्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ३२९ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १३ जना संक्रमितहरु कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेहरुको संख्या ९ लाख ६७ हजार २४ जना पुगेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाका कारण नेपालमा कुनै पनि सङ्क्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ रहेका छन् ।

त्यस्तै हाल नेपालमा १ सय २९ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्