पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना संक्रमण पुष्टि, १७ जना निको, शून्य मृत्यु



काठमाडौं ।

पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको १ हजार ६६ पीसीआर र १ हजार १४८ जनाको एन्टीजेन परीक्षणका क्रममा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा १७ जना संक्रमित निको भएका छन् भने निको हुनेको कुल संख्या ९ लाख ६६ हजार ६२९ जना पुगेको छ ।
उक्त अवधिमा कसैको पनि मृत्यु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्