आमा तिम्रो माया नै मेरो लागी औषधि हो



झिकेर मुटुको टुक्रा आँखा भित्र अटाउछिन भोक भोकै बसी आफू छाति चुस्न खटाउछिन यी हरफहरु साँच्चै नै कति मार्मिकछन । हरेक वर्ष वैशाखको वसन्त ऋतुमा पर्ने औसिलाइ आमाको मुख हेर्ने औसि अर्थात मातातीर्थ औसि भनिन्छ ।

९ महिना कोखमा राखि अनेकौँ दुः ख पिडा झेलि आफ्नो चाहना र सपनालाइ टाढै राखि सन्तानको खुसी र प्रगतिमा रमाउने तिमी भन्दा ठूलो यो संसारमा को होला र आमा ?परम्पराअनुसार छोरी चेलिले आमाको न्यायो काखमा सधैं रमाउन पाउदैनन । त्यसैले तिमीले पनि मलाई कन्यादान दिएर डोलिमा सजाएर आफ्नो घर भन्दा नि पराईको घर सजाउने इच्छा पूरा गर्यौ ।

मलाइ थाहा छ आमा बेला – बेलामा मोबाइलबाट कुरा गर्दा तिम्रा कण्ठ अवरुद्ध हुन्छन् त्यो महशुस गर्न नपाउदै मेरा नयन रसाएर ति मोतिका दाना जसरी आशुको ढिक्का भुइमा पर्न नपाउदै हत्केला मै थापेर मलाइ माया गर्नै जीवन साथि दिने ति महान आमालाई सम्मान गर्नै म संग कुनै शब्दनै छैन ।

मैले पनि जन्मदिने आमा र कर्म दिने आमामा केही फरक पाइन आमा जसरी तिमीले छोरी भोकाएर आइ भनेर खाना खुवाउथ्यौ, काखमा राखेर टाउको सुम्सुमाउथ्यौ,पढदा पढ्दै निदाउदा तिमीले किताबहरु बन्द गरेर ओढ्ने ओढाएर जान्थ्यौ, विरामी हुदा रातभर निन्द्रा माया मारेर काखमा राखेर मलाइ हेरिरहन्थ्यौ । कसैले खानेकुरा दिदा तिमीले नखाइकन पोल्टामा हालेर ल्याइदिन्थ्यौ अब ति काम मेरी कर्म दिने आमाले गर्छिन । म कति भाग्यमानी रहेछु आमा मैले जन्म दिने आमा र कर्म दिने आमाबाट उतिकै माया पाएको छु ।

विगत २ वर्ष देखी कोभिड १९ का कारण मैले तिमीलाइ रसवरि र लड्डुले तिम्रो घाँटी रसाउन सकेको थिइन । आज भाग्यले साथ दिएर होला मैले मेरा दुवै आमालाई रसवरिका डल्ला ,कुरौनि र फरियामा सजाएर दुबैको मुहारमा खुसी ल्याउने प्रयत्न गर्दैछु । आमा तिमीले फोन गर्दा मेरो फोन नलाग्दा या फोन नउठ्दा छोरीले माया मारी अब छोरी पराइ भै भन्ने तिम्रो मनमा लाग्दो हो ।

तिमीलाइ नि थाहा छ आमा मैले आफ्नो आमा मात्र होइन अरुको आमा बुवाको मुहारमा खुसी ल्याउने प्रण गरेकोे हुदा तिम्रो फोनहरु मिस गर्दा मलाइ नि नराम्रो लाग्छ आमा – म बाडुल्कि लाग्दा पानी पिएर बाडुल्कि मेट्ने कोशिस गर्छु तर तिमी बाडुल्कि लाग्दा हतारिएर मलाई फोन गर्छेऊ । व्यबस्था मेरो फोन नउठ्दा तिमी छ्टपटिन्छ्यौ त्यो मलाई थाहा छ आमा आमा भनेको यस्तो चिज हो की बच्चा छदा अध्यारोमा उन्को काखमा बस्ता पनि उज्यालो देखिने । आमाको माया वर्णन गरेर नै सकिँदैन ।

आमा विहान उठ्ने बेलामा तिमीले पटक – पटक उठाउदा पनि एकछिन न एकछिन भनेर सुत्ने म अहिले घण्टीको एकै आवाजमा जुरुक्क उठ्ने भाको छु । आमा जब बिरामी हुन्छु अनि औषधि भन्दा पनि तिम्रै याद आउछ । आमा तिम्रो माया नै मेरो लागी औषधि बन्छ । सबैको भाग्यमा कहा लेखेको हुन्छ र ? तिम्रो त्यो गाला चुम्ने । तिम्रा पनि इच्छा थिए होलान ति खाल्टा परेका गालामा अनारका दाना जसरी सेता दाँत हालेर हास्ने ति सेतै फुलेका कपालमा कालो लगाएर जवानी देखाउने । तिम्रो त्यो इच्छा पुरा गर्न सकिन आमा ।

आमा तिमीले हामीलाइ सक्षम बनाउन गरेका संघर्षहरुको वर्णन गर्न पनि सकिँदैन । अझै पनि तिम्रो उमेरले ओरालो नाघ्दा पनि सन्तान भनेर सकि नसकी कालो कराइमा कुरौनि घोटेर ,सेलरोटी पकाएर आफ्नो गास ओकलेर पठाउदा, पहेला फरियामा आगन वरिपरि घुमिरहेका ती तस्विरहरुले मेरा आँखा रसाउछन आमा । अन्त्यमा आफ्ना सन्तानका निम्ति आफ्नै संसार भुलिदिने ति सम्पूर्ण आमाको सोच्,साहश र ममतालाई सलाम गर्दै जसले आफुलाई टुक्र्याएर मलाइ सिंगो जीवन दिईन । सारा जीवन उनै आमाको नाममा अर्पित गर्दछु । त्यसैले सबैले बुझ्नु जरुरी छ की तिमी अहिले जहा छौ त्यो सफलताको सिढि चढाउने नै ति तिम्रै आमा हुन फेरी पनि ति सम्पूर्ण आमाहरुलाइ मातातिर्थ औसिको शुभकामना ।

(लेखक अधिकारी स्वास्थकर्मी हुनुहुन्छ । )

प्रतिक्रिया दिनुहोस्