बिस हजार भन्दा बढी नागरिकको निःशुल्क मृगौला परीक्षण



रामेछाप ।

रामेछापको मन्थली नगर पालिकाले २० हजार भन्दा बढी नागरिकको निःशुल्क मृगौला परिक्षण गरेको छ । नगर पालिकाले स्वास्थ्य मन्थली, स्वास्थ्य मृगौला अभियान अन्तर्गत २० हजार ७ सय ९१ जना नागरिकको निःशुल्क मृगौला परीक्षण गरिएको मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले बताउनु भयो ।

नगर पालिकाले २०७८ पौष ११ गते देखी गत फाल्गुण मसान्त सम्म निःशुल्क मृगौला परीक्षण अभियान सञ्चालन गरेको थियो ।  अभियानबाट नगरपालिकाभरका १४ ओटा वडाबाट एघार हजार ९ सय ६५ महिला र आठ हजार ९ सय २६ जना पुरुष आफ्नो मृगौलाको परीक्षण गरेको नगर पालिकाले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा।ऋषि कुमार काफ्ले ७ सय ५३ ओटा स्थानीय तहमध्ये मन्थली

नगरपालिकाले निःशुल्क मिर्गौला परीक्षण अभियान सञ्चालन गरेर नमुना योग्य काम गरेको बताउनुभयो । मिर्गौला रोग निराकरणका लागि मुख्यतया अर्ग्यानिक खानपिनमा जोड दिन अहाले अनुरोध गर्नु भएको थियो ।मन्थली नगरपालिकाले गत। मिर्गौला रोग भए नभएको पिसाब परीक्षणबाट पुष्टि हुन्छ । नगरपालिको अभियान मार्फत गरिएको परीक्षणमा २८ जना विशिष्ट मिर्गौला रोगीहरूलाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको फुयाँलले बताउनुभयो । ६ वर्ष भन्दा माथि उमेर समूहका नागरिकहरूलाई नगरपालिकाको आयोजना तथा हेल्थ केयर फाउन्डेसन नेपाल,राष्ट्रिय मिर्गौला उपचार केन्द्र वनस्थली काठमाडौको प्राविधिक सहयोगमा नगरपालिकाका विभिन्न ३१ स्थानबाट मिर्गौला परीक्षण गरिएको थियो ।

नगरपालिकाको अभियान सञ्चालनमा महत्त्वपूर्ण सहयोग गरेको भन्दै कार्यक्रममा मृगौला रोग विशेषज्ञ डा.ऋषि कुमार काफ्लेलाई सम्मान पत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै मन्थली नगर प्रमुख रमेश कुमार बस्नेतले अभियानले धेरै नागरिकहरूलाई मिर्गौला परीक्षण गर्न प्रोत्साहन गरेको बताउनुभयो । मृगौला रोगका कारण हुनसक्ने जोखिमबाट बच्न पूर्व सचेत एवं जानकार हुन अभियानको आयोजना गरिएको प्रमुख बस्नेतले बताउनुभयो । यस किसिमको अभियान आगामी दिनमा समेत सञ्चालन गरिने नगर प्रमुख बस्नेतको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्