कामना सेवा विकास बैंकद्वारा शाखारहित बैंकिङ्ग सेवा सञ्चालन



काठमाडौं (नेस) ।

कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरूमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप ३ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा रूपन्देहीको देवदह नगरपालिका–८, अर्घाखाँचीको शितगंगा नगरपालिका–२, सितापुर र लमजुङको मध्यनेपाल नगरपालिका ७ रामबजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

देवदह नगरपालिका मादेवदह मोबाइल एन्ड कम्प्युटरका घनश्याम के.सी, सितगंगा नगरपालिकामा सचिन मोबाइल सेन्टरका सचिन बोहोरा र मध्य नेपाल नगरपालिकामा ईशानेश्वर इलेक्टोनिक्सका निर्दोष घिमिरेलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङमार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरू प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्