बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई काेराेना संक्रमण



न्युज अफ नेपाल, काठमाडौं ।

बेलायतकी महारानी एलिजाबेथ द्वितीयालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई काेराेना संक्रमणको हल्का लक्षण देखिएकाे छ । अहिले उनी आफ्नो विन्डसर क्यासल निवासमा आराम गरिरहेकी छिन।

बेलायतको राजगद्दीका उत्तराधिकारीसमेत रहेका महारानीका जेठा छोरा राजकुमार चाल्र्सले विन्ड्सरमा आफ्नी आमालाई भेटेको दुई दिनपछि फेब्रुअरी १० मा कोभिड संक्रमण पुष्टि भएको समाचार बेलायती सञ्चारमाध्यममार्फत् बाहिरिएको हो।

बकिङ्घम दरबारले विज्ञप्तिमार्फत उनी सङ्क्रमित भएको पुष्टि गरेको छ। उनलाई हल्का चिसो भएको जस्तो लक्षणहरू अनुभव गरिरहेको बताइएको छ । उनले कोभिड विरुद्धको खोप भने लगाइसकेकी थिइन।

प्रतिक्रिया दिनुहोस्