देशभर ३८८ कोरोना संक्रमित थपिए , १२०५ जना संक्रमणमुक्त



न्युज अफ नेपाल, काठमाडौं ।

देशभर पछिल्लो २४ घण्टामा ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका छ। पछिल्लो २४ घण्टामा ८ हजार १४० जनामा गरिएको नमुना परीक्षणमा ३८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यस्तै सोही अवधिमा १२०५ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३८ हजार ७३८ र पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७५ हजार ८०६ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ९ लाख ५२ हजार ५९९ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्