मुक्तिनाथ विकास बैंक १६ औं वर्षमा प्रवेश



काठमाडौं ।

मुक्तिनाथ विकास बैंक १६औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । यसै अवसरमा बैंकले डिजिटल माध्यमद्वारा एकै साथ ३२ वटा शाखाको केन्द्रीय कार्यालयबाटै उद्घाटन गरेको छ । बैंकले प्रदेश नम्बर १ मा ४ वटा, प्रदेश नम्बर २ मा ३ वटा, वागमती प्रदेशमा १३ वटा, गण्डकी प्रदेशमा २ वटा ,लुम्बिनी प्रदेशमा ५ वटा र सुदूरपश्चिम प्रदेशमा २ वटा शाखा कार्यालयको औपचारिक रूपमा शाखा उद्घाटन गरेको हो । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष भरतराज ढकालले गर्नुभएको थियो ।

अध्यक्ष ढकालले सदैव गुणस्तरीय सेवाप्रदान गर्दै अगाडि बढ्ने र विभिन्न वित्तीय तथा गैरवित्तीय सेवाको माध्यमद्वारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । समारोहमा बैंककावर्तमान सञ्चालकहरू,पूर्व सञ्चालकहरू , संस्थापक सेयरधनी, तथा बैंकका उच्च पदाधीकारीहरू, शाखा प्रबन्धकहरूको उपस्थिति रहेको थियो ।

यसका साथै, बैंकले देशका सातै प्रदेशका क्षेत्रीय तथा शाखाहरू माविभिन्न सामाजिक उत्तर दायित्व कार्यक्रम गरेको छ, जसमध्ये, विद्यालयमा स्टेसनरीका सामग्रीहरू तथा फर्निचर वितरण, विभिन्न अनाथलय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, विभिन्न ठाउँहरूमा डस्वीन वितरण, वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग साक्षरताका कार्यक्रम, विद्यार्थीहरूलाई न्यानो कपडा, स्कुल ब्याग वितरण, विद्यालयका पुस्तकालयलाई बस्ने कुर्सी सहयोग र विभिन्न संस्थालाई आर्थिक सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्