सूर्या लाइफ इन्स्योरेन्स पहिलो



काठमाडौं, (नेस) ।

नेपालको जीवन बिमा व्यवसायमा मौलिक पहिचान तथा नयाँ उचाइमा पुग्ने लक्ष्यका साथ अगाडि बढिरहेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेवामा उत्कृष्टता कायम गर्ने प्रतिबद्धताका साथ साइन बोर्डमा बिमा समितिको बीमा समितिबाट इजाजत प्राप्त भन्ने वाक्यांश राख्न दिएको निर्देशन पालना गर्ने पहिलो जीवन बिमा कम्पनी बनेको छ ।

नियमनकारी निकाय बिमा समितिको गत मंसिर २ गते निर्णय अनुसार पत्रबाट प्रत्येक बीमकले आफ्नो केन्द्रीय/प्रदेशिक कार्यालयलगायत सम्पूर्ण शाखा उपशाखाहरूका साइनबोर्डमा बिमा समितिबाट इजाजत प्राप्त भन्ने वाक्यांश राख्न निर्देशन दिएको र सोही निर्देशनबमोजिम निर्धारित अवधि भित्रै सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कर्पोरेट कार्यालयको साथै सबै शाखा कार्यालयहरूमा निर्देशन बमोजिम बिमा समितिबाट इजाजत प्राप्त भन्ने वाक्यांशसहितको नामपेटिका राखिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्