कोरोनाविरुद्धको खोपको अतिरिक्त मात्रा दिने सरकारको निर्णय



न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले अतिरिक्त खोप दिने निर्णय गरेको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयले दिर्घ रोगीलाई लक्षित गरी अतिरिक्त खोप दिने निर्णय गरेको हो । क्यान्सर, एचआइभी संक्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका, अंग प्रत्यारोपण गरेको बिरामी र ६० वर्ष उमेर समूहभन्दा माथिकालाई अतिरिक्त मात्रा खोप दिइनेछ ।

उक्त खोप कहिलेबाट दिने भन्न विषयमा निर्णय गरिसकेको छैन । स्वाथ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्राले खोप दिने निर्णय भैसकेको बताउँदै मिति तय गर्न बाकी रहेको बताउनुभयो ।

अतिरिक्त खोप नियमित खोप लगाएको तीन महिना पुरा भएकालाई दिइने भएको छ । प्रवक्ता मिश्राका अनुसार अतिरिक्त खोप आवश्यक र तोकिएका व्यक्तिलाई उपलब्ध गराइनेछ भने बुष्टर डोज दुई मात्र पुरा भएका सबै नागरिकलाई लगाइनेछ ।

उहाँका अनुसार खोप सल्लाहकार समितिले निर्णय गरेपछि अतिरिक्त मात्रा खोप उपलब्ध गराइनेछ । स्वाथ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सबै नागरिकलाई बुष्टर खोप लगाउने घोषणा गर्नुभएको थियो । सोही आधारमा मन्त्रालयले बैठक बसी तत्काल अरितरिक्त मात्राको खोप दिने जनाएको छ । अतिरिक्त खोप दिने निर्णय मन्त्रिपरिषदको बैठकले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्