पूर्णअशक्तलाई घरमै नागरिकता



हेटौंडा, (नेस) ।

मकवानपुरको मनहरी गाउँपालिका वडा–९ बस्ने मानसिकरूपमा पूर्णअशक्त ३२ वर्षीया लीलावती गिरीलाई प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले शनिबार घरमै पुगी नागरिकता प्रदान गर्नुभएको छ ।

मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको उपस्थितिमा उहाँले नेपाली नागरिकता प्रमाणपत्र प्रदान गर्नुभयो । नागरिकताविहीनताका कारणबाट नेपाल सरकार एवं स्थानीय तहबाट प्रदान हुने सुविधाबाट वञ्चित रहनुभएकी गिरीले अब ती सुविधाहरु प्राप्त गर्ने सुनिश्चितता भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । यसरी घरमै पुगेर मानसिकरूपमा अशक्तलाई नागरिकता प्रदान गरिएकोमा राहत महसुस भएको गिरीका दाइ (संरक्षक) ले खुसी व्यक्त गर्नुभयो ।

नागरिकता प्रमाणपत्र बनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरसम्म ल्याउन सक्ने अवस्था नरहेको हुँदा प्रजिअ आफैं नागरिकता बोकेर घरमै पुग्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्