पछिल्लो २४ घण्टामा थप २१९ जनामा कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २१९ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ७ हजार १ सय ८० पीसीआर परीक्षणका क्रममा २ सय १३ जना र २ हजार ४ सय ९७ एन्टिजेन परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २३ हजार ४ सय २ पुगेको छ । कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म ११ हजार ५ सय ८५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

थप २ सय ८३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १० हजार ७ सय ८० संक्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार ९ सय ६ सक्रिय संक्रमित आइशोलेशन र ९९ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्