जनजाति पत्रकार महासंघ (फोजिन) ललितपुरको अध्यक्षमा सञ्जय श्रेष्ठ



न्यज अफ नेपाल,ललितपुर ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ललितपुरको पाँचौ अधिवेशनले सञ्जय श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा प्रकाश थिङ, सचिवमा सुनीता बटाजु , सहसचिवमा शुभप्रभात राई र कोषाध्यक्षमा लक्ष्मीकुमारी श्रेष्ठ रहनुभएको छ । त्यसैगरी सदस्यहरु सुजता राई, किरण शाही, सम्झना महर्जन, विशु गुरुङ, सनिराज शाक्य, राजन महर्जन, बाबुलाल स्याङतान र अनुप शाक्य हुनुहुन्छ ।

शनिबार सम्पन्न सो अधिवेशनको उद्घाटन नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गजुरधन राईले गर्नुृभएको थियो । शाखाका अध्यक्ष बुद्ध योंङजनको सभापतित्वमा भएको सो समारोहमा महासंघका केन्द्रीय सदस्य नृपेन्द्रलाल श्रेष्ठ, शाखाका सल्लाहकार सुनील महर्जन लगायतले समावेशी सञ्चारको एजेण्डासंगै सस्थागत सुदृढीकरणबारे आफ्नो धारणा राख्नुभएको थियो । सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्