अवैध पत्थरसहित चालक प्रहरीको फन्दामा



जाजरकोट, (नेस) ।

जाजरकोटमा प्रहरीले अवैध काइनेटिक पत्थरसहित सवारी चालकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोट र शिवालय गाउँपालिका–१ स्थित प्रहरी चौकी छेडा बजार चेकपोस्टमा संयुक्तरूपमा खटिएको प्रहरी टोलीले पत्थरसहित चालकलाई समातेको हो ।

सवारीसाधन चेकजाँचका लागि शिवालय गाउँपालिका–१ छेडाबजारमा खटिएको प्रहरी टोलीले कर्णाली प्रदेशको राजधानी सुर्खेततर्फ जाँदै गरेको भे१ख १५३७ नम्बरको मिनीट्रक चेकजाँच गर्ने क्रममा अवैध पत्थर फेला पारेको थियो । पत्थर फेला परेपछि जुनीचाँदे–११ का २७ वर्षीय ट्रक चालक विनोद टमटालाई नियन्त्रणमा लिइएको हो । मिट्रकको पछाडि २४ वटा बोरामा अवैध काइनेटिक पत्थर (१३ कइन्टल २० किलो) लुकाईछिपाई ल्याएको अवस्थामा प्रहरी टोलीले फेला पारी रीतपूर्वक पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक डीएसपी मधुकुमार थापाले बताउनु भयो ।

प्रहरी टोलीले काइनेटिक पत्थर र ट्रकसहित सवारी चालक टमटालाई आवश्यक कारबाहीका लागि खानी तथा भूगर्भ विभागअन्तर्गत भूकम्प मापन केन्द्र सुर्खेतमा पठाएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्