सेयर कारोबारीका दुःख



Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

यदि सेयर बजारलाई प्रभाव पार्ने अरू आधारभूत पक्षहरू बलिया देखिए र ट्रेन्ड लगातार झर्न थालेको खण्डमा आफूसँग भएको सेयर तुरुन्तै बेचेर अत्यधिक घटेका बेला पुनः किन्दा जोखिम कम गर्न सकिन्छ । बजारमा ६ सय रुपियाँको सेयर लगातार घटेर साढे ५ सयमा झर्दा बेचियो र ५ सयमा आएपछि त्यति नै कित्ता पुनः खरिद गरियो भने त्यत्तिकै राख्नुभन्दा जोखिम कम हुन जान्छ ।

यसलाई ‘स्टप लस’ पनि भन्ने गरिन्छ । तर, बियरिस ट्रेन्ड कति लम्बिन सक्छ भन्ने अनुमान लगाउन चुनौतीपूर्ण हुन्छ । ब्याजदर बढ्न थाल्नु, बजारमा सेयरको आपूर्ति बढ्नु, जटिल परिस्थितिका घटनाक्रमहरू विकास हुनु, द्वन्द्व उत्पन्न हुनुजस्ता पक्षले बजारलाई लामो समयसम्म बियरिस ट्रेन्डमा पार्न सक्छ । आफूले सेयर किनेको भोलिपल्टै सूचक रातो हुँदा मन आत्तिन सक्छ, तीन दिनसम्म बजार घट्ने हो भने डिम्याट खातामा सेयर आएकै दिन पुनः बेच्न हतारिने प्रवृत्ति लगानीकर्तामा छ । बजारको प्रवृत्ति घट्ने बढ्ने नै हो । घटेर बेच्ने हो भने नोक्सान भइसक्यो ।

तर, घटेर पनि नबेच्ने हो भने त्यो वास्तविक नोक्सान हुँदैन । त्यसकारण बजारमा सेयर किनिसकेपछि केही घट्दैमा आत्तिनुहुँदैन । त्यसै गरी किनेको भोलिपल्टबाट फेरि बढ्यो भने तुरुन्तै मात्तिएर बेच्नु पनि उपयुक्त हुँदैन । किनकि किन्दा र बेच्दा दुवैपटक कमिसन र अनेक शुल्कहरू खर्च भएको हुन्छ । यस्ता कमिसनको पनि हिसाब गर्नुपर्छ ।

– केशव धिताल, बुटवल

प्रतिक्रिया दिनुहोस्