स्वयंसेवा : सधैंको परोपकार



त्यसो त डिसेम्बर ५ लाई अन्तर्राष्टिृय स्वयं सेवा दिवसको रूपमा हेर्ने चलन छ । यस वर्षको आम्रो नारा हाम्रो साझा भविष्यका लागि स्वयं सेवा गरौं भन्ने रह्यो । संस्कृत शब्द स्वयंको अर्थ हुन्छ आफैँ अर्थात् आफैँले गर्ने सेवा स्वयं सेवा, पूर्वीय धर्म, दर्शनमा ‘परोपकार पुण्याय पापाय परपीडनम’ भनिएको छ । सेवा नै धर्म हो, उपकार नैधर्म हो । १८ पुराणको निचोड परोपकार नै पुण्य हो । अंग्रेजी शब्द भोलियन्टयरबाट स्वयंसेवाको अर्थ लगाएको मान्न सकिन्छ । जे भए पनि सदाचारको गुण, आत्मीयता, सेवा भाव र कामलाई नै समाजसेवा वा सामाजिक सेवा भनिन्छ ।

युगौँ यृगदेखि मान्यता पाएको समाज सेवाले हाम्रो नेपालमा संस्थागत रूपमा वि सं २०२७ सालदेखि प्रवेश पाएको देखिन्छ, यद्यपि, राणा शासनकालदेखि नै समाज सुधारका काम धेरै भएका देखिन्छन् विभिन्न गुठी, समुदाय, सामूहिक कार्य, भूकम्प, बाढी, पहिरो, आगलागीका घटनामा समूह, समुदायहरू सेवामा खटेका देखिन्छन् । भूक्षय, विपत्ति कार्यमा सरिक भएको पाइन्छ, जुद्ध बारुद नियन्त्रण भनौँ दमकल, स्वास्थ्य सेवाका लागि वीर अस्पताल, प्रसूति गृह, पछि संस्थागत रूपमा वि सं २०३४ सालमा सामाजिक सेवा राष्टिृय समन्वय परिषद् संस्थाहरू खुलेका देखिन्छन् । मलाई चोट लाग्दा अरूलाई पनि दुख्छ भन्ने मान्यता बोकेर फ्लोरेन्स नाइटिंगेलले गरेको सेवा, विश्व युद्धका घाइतेहरूलाई पक्ष विपक्ष नभनी रातभरि बत्ती बालेर घाइतेहरूको घाउमा मलमपट्टी लगाउने नाइटिंगेलको सबैले प्रशंसा गरेका छन् ।

नैतिकता र सदाचार नै जीवन जिउने असल कला हो । पथ भ्रष्ट समाजले सबै व्यक्ति वा देशलाई नै खाल्टोमा हाल्छ । राजनीतिकर्मीहरू इमान्दार भएनन् भने समाज विकृत बन्छ, कानुनले मात्रै त्यसलाई नियन्त्रण गर्न सकिन्न, व्यक्ति व्यक्तिलाई प्रहरी लगाएर सम्भव हुन्न ।

समाज सभ्य भएमा राज्यले ठूलो खर्च अपराध नियन्त्रणमा गर्नु पर्दैन, त्यो खर्च विकास, निर्माणमा लगाउन सकिन्छ, । प्रकट गर्दा पाप घट्छ, प्रकट गर्दा नै धर्म पनि घट्छ, पाप भन्नु प्रदूषण हो, तन, धन र मनको प्रदूषणले व्यक्ति समाज र पूरै देश कंगाल हुन्छ । आचरणलाई त्याग गर्ने, कोरा तर्क मात्र गर्ने, देश निन्दक, देव निन्दकलाई नराधम भनिन्छ, विधर्मीले गरेको काम कुनै पनि राम्रो हुन्न । माता, पिता, वंश, गुरु, मठ, मन्दिरको निन्दा गर्नेलाई स्वयं वेदले पनि चोख्याउन सक्तैन । यज्ञबाट वातावरण अनुकूल हुन्छ, समयानुसार आकाशमा बादल जम्मा भई सन्तुलित वर्षा हुन्छ, अतिवृष्टि, अनावृष्टिले समाज मात्रै होइन देशै सखाप हुन्छ । लडाइँ, झगडा, चुक्ली, व्याज खोर, अर्काको सम्पतिमा आँखा गाड्ने, लाज हराएको, हिंस्रक राक्षसी प्रवृतिको मानिसबाट भएको समाज सुधार खोक्रो हुन्छ ।

लोभी र पापीको धन प्रयोग गर्दा पनि, उसको संगत गर्दा पनि लक्ष्मी प्रसन्न हुन्नन् । लक्ष्मीको बास भनेको हातको ठेलामा, मिहिनेत, पसिना र परिश्रममा हुन्छ । धन २ प्रकारको हुन्छ, लक्ष्मी र अलक्ष्मी । गाईको गोवरले लिप्नु र लक्ष्मी पूजामा गाईको गोवर प्रयोग त्यसैले गरिएको हो । गाईका अंगअंगमा ३३ कोटी देवता बसेका हुन्छन्, त्यसैले गोहत्या ठूलो अपराध भनिएको हो । गाई, गीता, गंगाको अपमान भनेको मानिसको आफ्नै अपमान हो । गाई, गोरु पूजा हाम्रो संस्कार थियो । गाईको मर्यादा हुन्जेल हामीलाई चामलमा भिक्षार्थी बन्नु परेको थिएन, हलो, कोदालो गोरुको काम हुन्जेल मलको अभाव थिएन, भकारीभरि धान हुन्थ्यो, आजको जस्तो डोजरे विकास नहुँदा यत्राविधि प्राकृतिक प्रकोप खेप्नु पनि परेको थिएन, गाईमा सम्पूर्ण तीर्थ बसेको हुन्छ, गाईको ४ थुन भनेको ४ समुद्र हो, जमिनको पूजा भनौँ माया गर्ने, गो सेवा गर्ने, गहुँ, जौ को सेवा र त्यसका वरिपरि बस्दा मानिसको शान नै अलग हुन्छ, रोग लाग्दैन, गाईलाई स्वयं ब्रह्माजीले अग्नि कुण्डबाट धर्तीमा प्रकट गराएका हुन् ।

संस्कारले हीन भएको व्यक्तिको समाज सेवा निरर्थक हुन्छ । ढुंगामा वा मूर्तिमा देवता मान्छेले बनाउने हो, त्यसैले देवता बनाउने शक्ति भएको मान्छेले विज्ञानको दुरुपयोग गर्नु हुन्न, विज्ञान ज्ञानको उपज हो, विज्ञान निर्माता मानव मस्तिष्क देवताको उपज हो, त्यसैले व्यक्ति सबै आस्तिक हुन जरुरी छ, आस्तिक हुँदैमा सधैं मन्दिर जानु पर्ने होइन, शरीर नै मन्दिर हो, यसभित्र रहेको आत्मा परमात्माको निराकार रूप हो, यो रूप मान्छेमा मात्रै होइन, हर प्राणीमा हुन्छ, त्यसैले यसले तनाव, क्रोध, आवेग बढाउँछ अनि व्यक्तिले आफ्नो गति छोड्न थाल्छ, बेहोसी भई । रोषपूर्वक अरूलाई दिइएको वस्तुले परिणाम राम्रो दिँदैन, देव सम्पति हडप गर्ने, स्त्रीको धनमा आशक्ति देखाउने, अरूलाई दिइएकोमा पछुतो गर्ने, चोरीको धन अरुलाई दिने, पतितको हातको अन्न खाने, अर्काको मन दुखाएर आर्जन गर्ने, शोषण गर्ने, अरूलाई निन्दा गर्नेको हात कहिल्यै पवित्र हुँदैन ।

भोजनमा विभेद गर्ने, परस्त्रीगामी, परपुरुषमा आकर्षित हुने, परिश्रम नगरी धनी हुन खोज्ने यी सबै कुमार्गी हुन् ।

स्वीकृति नभई दाजुको बिहे नगरी आफ्नो बिहे गर्ने, दूषित योनिबाट जन्मेको, विवाह नगरी कन्याबाट जन्मिएको व्यक्ति समाज सुधारक हुन सक्दैन । वीर्य शुद्ध नभई व्यक्ति शुद्ध हुन्न, माटोको घडामा मदिरा हालेपछि धोएर शुद्ध हुन्न । वीर्यले आत्मा बन्ने हो, धर्मको पालन गर्दा आयु, तेज, बल, यश, कीर्ति बढ्छ, कीर्तिमान व्यक्तिले नै समाजको सुधार गर्न सक्छ, बाटो देखाउन आफू प्रज्ञावान हुनु जरुरी छ, आफैँ पथभ्रष्ट, हत्यारा, देशद्रोही छ भने देशको सुधार गर्छु भन्नु नाटक मात्र हुन्छ, रंगकर्मीहरूले एकछिन् मञ्चमा नाटक देखाउँछन्, नाटक मञ्चनपछिको चित्र अर्कै हुन्छ, ग्लिसिरिन राखेर आँखामा आँसु देखाए जस्तो वा गोहीको आँसुजस्तै हो ।

भूमण्डलका देवता अरू कोही होइनन्, मान्छे नै हुन् जो उपकारी, परोपकारी छ, स्व. आचरणबाट जो टाढा भएको छैन, नित्य प्रणव मन्त्र गायत्री जप्छ, सन्ध्या वन्दन गर्छ, देव पितृहरूलाई बिर्सँदैन, समाजलाई माया गर्छ उही देवता हो, मृत्यु पछिको स्वर्ग कल्पना मात्रै हो, यो धर्तीमा जीवित अवस्थामै स्वर्ग नपाउनेले पछि स्वर्ग पाउँदैन । बोलीको संयमता, आचरणले सज्जित व्यक्तिको समाज नै स्वर्ग हो, जहाँ हिंसा हुन्न, मांस भक्षण हुन्न, मदिरा पान हुन्न, चोरी, उपद्रव हुन्न, समाजमा रहेका हर मानव र धर्तीमा रहेका हर जीवको मान्यता हुन्छ, त्यो स्वर्ग हो । अतिथिको सेवा, अरूलाई दिएर आफू खाने, सन्तोषी व्यक्ति नै समाजको अगुवा हुन्छ ।

मनपरि ढंगले राज्यको स्रोत उडाउने व्यक्ति तेज हीन हुन्छ, नागरिकको श्राप लाग्छ, त्यस्तै अशुद्ध व्यक्तिको हातको अन्न खाने व्यक्तिको आयु क्षीण हुन्छ, यशको नाश हुन्छ, कुलको इज्जत बेच्ने छोराछोरीको, देशको अस्मिता लुटाउने नेतृत्वको, व्यभिचारी, हत्याराले दिएको खाने व्यक्ति पनि पतित हुन्छ, उसले गरेको कर्म शुभ हुन्न । अन्जानमा खाइएको रहेछ भने उपवासबाट चोखिनु पर्छ । पानी, अनाज, बस्त्र, दैनिक उपभोगका यावत् सरसामग्री बिक्री गर्ने उद्यमी, व्यापारीले निश्चित रकमबाहेक नाफा नलिई गरेको बजार, व्यापारबाट कुवेर खुसी भई उसलाई धनको वर्षा गरिदिन्छन् ।

यो नियम सबै सेवाक्षेत्र कानुन, पत्रकार, शिक्षण, बैँकिंङ, पर्यटन हरेकक्षेत्रमा लागु हुन्छ, कारण विकासका आधारशीला यी सबैक्षेत्र अथर्व वेदका उपज हुन्, संगीतक्षेत्र सामवेद हो । आपूर्तिक्षेत्रमा काम गर्नेको मन तृप्त हुन्छ, यसरी समाज सेवा गर्नेलाई अक्षय सुख प्राप्त हुन्छ । निर्माण सामग्री सबै किसिमका फलाम, सुन आदि धातुबाट अरुको सेवा गर्ने व्यक्ति दीर्घायु हुन्छ, कारण सबै धातु शिवको वीर्य हो । धनबाट अरुको सेवा गर्नेले यौवन अवस्थामै त्यसको पुण्य प्रतिफल पाउँछ । भोजन गर्दा कसैको निन्दा गर्नु हुन्न, अन्नमा दोष देख्नु हुन्न । जलले खानाको प्रदक्षिणा गरेर केही अंश चढाएर मात्रै भोजन शुरू गर्नु पर्छ ।

अन्त्यमा एक गाँस छोढ्नु पर्छ, अन्न प्राण हो, पन्च प्राण भनिन्छ यसलाई । खाँदा खाँदै छोडेको खाना फेरि खानु हुन्न, खाना खाइसकेपछि उठेर पानी पिउनु हुन्न । पति पत्नी भए पनि एउटै थालमा एकैपटक खाना खानु हुन्न । पिएर बाँकी भएको पानी फेरि पिउनु हुन्न, कहिले धेरै बढी, कहिले धेरै कम खाने, सन्तुलित आहार विहार नगर्ने, रजस्वला, पतित, कुकुर स्पर्शको खाना खाने, आफ्नो जूठो अरूलाई दिने, मुखले फुकेर चिसो पारेको खाना खाने, लात्ती लागेका अनि खाँदै छोड्दै गरेको खाना खाने व्यक्तिले गरेको समाजसुधार निरर्थक हुन्छ ।

अरूको निन्दा गर्नु हुन्न, झूट बोल्नाले आफूले पहिले गरेको यज्ञ वा शुभ कर्मको फल क्षीण हुन्छ । आफ्नो बखान आफैँ गर्ने, घमण्ड गर्नेको पनि पुण्य नाश हुन्छ । विद्यादान अझ श्रेष्ठ दान हो, सकेसम्म विद्या बढाउनुपर्छ, यो जति अरूलाई दियो त्यति नै बढ्छ, विद्याले विनयी बनाउँछ, विनयीले सबै सफलता पाउँछ, समाजको अगुवा पनि हुन सक्छ । खुलेर उद्यम, वाणिज्य, आपूर्ति, असल व्यापार, व्यवसाय, शिक्षण कुनै पनि सेवाबाट असल सेवक बन्न सकिन्छ, राष्टृको सेवा गर्न सकिन्छ, समाज सुधारक बन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्