सप्तरी कारागारमा एक बन्दीको मृत्यु



राजविराज (नेस) ।

सप्तरीस्थित राजविराज कारागारका एक बन्दीको शुक्रबार मृत्यु भएको छ । पेट दुख्न थाले पछि उपचारका लागि अस्पताल लगिएका ५८ वर्षीय उद्दवप्रसाद खतिवडाको मृत्यु भएको हो ।

बिहान ८ बजेतिर पेट दुख्न थालेपछि उनलाई उपचारका लागि निजी क्लिनिकमा लगिएको थियो । क्लिनिकमा खतिवडा वेहोस भएपछि थप उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको जेलर सुमन कोइरालाले बताउनुभएको छ ।

चिकित्सकका अनुसार उनको हृदयघातबाट मृत्यु भएको हो । सुनसरीको दुहबी ४ का खतिवडा कागजात किर्ते गरी ठगी सम्बन्धी मुद्दामा २०७५ साउन १७ गतेदेखि पुर्पक्षका लागि कारागारमा थिए ।

प्रतिक्रिया दिनुहोस्