माओवादी जिल्ला सचिव एमालेमा प्रवेश



हेटौंडा, (नेस) ।

नेकपा माओवादी केन्द्र मकवानपुरका प्रभावशाली नेता एवं जिल्ला सचिव बलराम बल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा एमाले केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले उहाँलाई खादा ओढाएर एमालेमा स्वागत गर्नुभएको हो ।

मकवानपुरको कम्युनिस्ट आन्दोलनका प्रभावशाली नेताका रूपमा रहनुभएका बल जनमोर्चा र माओवादीको एकीकरणस“गै माओवादीमा रहनुभएको थियो । माओवादी केन्द्रका तर्फबाट स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको उपमेयरका उम्मेदवारसमेत रहनुभएका बललाई मकवानपुरे कम्युनिस्ट आन्दोलनका प्रखर वक्ताका रूपमा चिनिँदै आएको छ ।

प्रवेशपछि नेता बलले माओवादी कहिल्यै पनि नसुध्रने बताउनुभयो । ‘माओवादीले माओको नाम भजाएर मान्छे मार्नेबाहेक अन्य कुनै राजनीतिक सफलता हासिल गरेन’, उहाँले भन्नुभयो– ‘उनीहरु अवसरवादका लागि सधैं कुदिरहे । मैले १२–१४ वर्ष त्यस्ता बेथिति हटाउन आफ्नो तर्फबाट निकै पहल गरें । तर, त्यो सफल भएन । र, आज नेपाली कम्युनिस्टको मूलप्रवाहका रूपमा रहेको एमालेमा प्रवेश गरें ।’

प्रतिक्रिया दिनुहोस्