बीमा संस्थानले पुँजी बढाउने



काठमाडौं, (नेस)  ।

जीवन बीमा प्रदायक कम्पनी राष्ट्रिय बीमा संस्थानले आगामी असार मसान्तसम्म दुई अर्ब रुपियाँ चुक्ता पुँजी पु¥याउने भएको छ ।

संस्थानको शनिबार संस्थान परिसरमा सम्पन्न ३१औं साधारण सभामा बोल्दै सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले नियामक बीमा समितिको पछिल्लो निर्देशन अनुरुप दुई अर्ब चुक्ता पुँजी पुर्‍याउनुपर्ने व्यवस्था रहेकाले संस्थानले सोहीअनुसार चुक्ता पुँजी पुर्‍याउनका लागि योजना तयार गरी अर्थ मन्त्रालयमा स्वीकृतिमा लागि पठाइएको जानकारी गराउनुभयो ।

कोरोना प्रभावका बाबजुद पनि संस्थानले गत आर्थिक वर्ष २०७७/७८ मा ७ अर्ब ५७ करोड १३ लाख रुपियाँ खुद प्रिमियम संकलन गरेको उहाँले बताउनुभयो । सोही अवधिमा तीन अर्ब १९ करोड ८७ लाख दाबी भुक्तानी गर्नुका साथै आर्थिक वर्षको अन्त्यमा जीवन बीमा कोषमा ३२ अर्ब ९३ करोड ६१ लख रहेको अध्यक्ष कँडेलले जानकारी दिनुभयो ।

संस्थानको बाँकी रहेको आव २०६६/६७, २०६७/६८ र २०६८/६९ को लेखा परीक्षण तथा साधारणसभा गरिएको हो । संस्थानले आव २०६६/६७ मा तीन अर्ब चार करोड चार लाख १६ अजार ८२३ आम्दानी गरेको छ भने २०६७/६८ मा तीन अर्ब ७८ करोड ७० लाख ७४ हजार ३१७ रुपियाँ आम्दानी गरको छ । यस्तै २०६८/९ मा तीन अर्ब ९० करोड ५७ लाख ८४ हजार २२७ आम्दानी गरेको छ ।

संस्थानले विगतमा ‘डस’ प्रविधिमा आधारित काम गरेकोमा अब डिजिटल प्रविधिबाट काम गर्न सक्ने भएको भन्दै संस्थानका प्रशासक कविप्रसाद पाठकले आव २०६६/६७ को तुलनामा पछिल्ला वर्षमा बीमा क्षेत्रमा रहेका विविध चुनौतीको सामना गर्दै संस्थानले व्यवसायमा उल्लेख्य बृद्घि गर्दै गएको बताउनुभयो । बीमा समितिले आर्थिक वर्ष २०६६/६७, २०६७/६८ र २०६८/६९ को लेखापरीक्षण प्रतिवेदन स्वीकृत गरेसँगै साधारणसभा सम्पन्न गरेको हो ।

प्रतिक्रिया दिनुहोस्