डाकाहरुको समुह द्धारा लुटपाट



सञ्जय कार्की रौतहट ।

नकाबधारी डाकाहरुको समुहले सोमबार राती रौतहटको एक घरको घनमाल लुटपाट गरेका छन ।

मास्क लगाएर आएका नकाबधारी डाका समुहले रौतहटको दुर्गाभगबती गाउपालिका–३ मत्सरी निबासी सरोजानन्द झाको घर बाट सुनचादी लगायत नगद लुटेर फरार भएका छन । डाकाहरुले झाको घरमा निर्धक्क लुटेर फरार रहदा समेत प्रहरीको सक्रियता नदेखिएको आरोप स्थानीयको रहेको छ ।

झाको घरमा राती डकैती भएपछि मङ्गलबार बिहान जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक नारायण चिमरिया घटनास्थल पुग्नु भएको छ । डाकाहरुको समुहले सुनचादी लगायत नगद सहित २० लाख भन्दा बढिको सम्पति लुटेर लगेको पीडितले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्