ग्लोबल आइएमई बैंकको तीज क्यासब्याक योजना



काठमाडौं, (नेस) ।

ग्लोबल आइएमई बैंकले कुशे औंशी तथा हरितालिका तीजको अवसरमा क्यासब्याक योजना ल्याएको छ । मोबाइल बैंकिङ एप्लिकेसन, क्युआर पेमेन्ट एवम् डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढावा दिनका लागि बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको हो ।

यस क्यासब्याक योजनाअन्तर्गत भदौ २१ र कुशे औंशीको दिन २२ गते बुबाको लागि कुनै पनि उपहारको खरिदमा ‘गिफ्ट टु फादर’ लेखी क्यूआर कोडमार्फत् भुक्तानी गर्दा खरिदको २० प्रतिशत (३ तीन सय रुपियाँसम्म) क्यासब्याक पाइनेछ ।

त्यस्तै २३ गते फुडमान्डुबाट खानेकुरा अर्डर गर्दा ग्लोबल आइएमई बैंकको डेबिट/क्रेडिट कार्डको प्रयोग गरी अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशत ९रु ५सय रुपियाँसम्म० क्यासब्याक फिर्ता हुनेछ । क्यासब्याक योजनालाई तीज विशेष बनाउन बैैंकले ‘नारी बचत’ तथा ‘नारी शक्ति बचत’ खाता रहेका महिलाले डेबिट कार्डको प्रयोग गर्दा ३ हजार वा सोभन्दा बढीको भुक्तानीमा ३ सय रुपियाँ क्यासब्याक पाउनेछन् । महिला ग्राहकलाई लक्षित यो योजना भदौ १६ गतेदेखि ३१ गतेसम्म चल्नेछ । बैंकले ७६ जिल्लामा २८० शाखा, २४८ एटीएम, २५७ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्