सौर्यऊर्जा प्राकृतिक “टनिक”



– रोहिणी घिमिरे

हा मी घाम ताप्छौं । यसरी घाम ताप्दा सूर्यबाट हामीले तापमात्र नभएर भिटामिन ‘डी’ पनि प्राप्त गरेका हुन्छौं । भिटामिन ‘डी’ ले भोजनमा भएको क्याल्सियम शरीरमा शोषण गर्न मद्दत गर्छ । भिटामिन ‘डी’ भएन भने हामीले खाएको खानेकुराबाट क्याल्सियम शोषण हुन सक्दैन, फलस्वरुप हाड कमजोर हुन्छ भन्ने कुरा वैज्ञानिक पुष्टि  भइसकेको छ ।

सौर्यऊर्जा ग्रहण गरेकै भरमा भारतका एक इन्जिनियरले विनाभोजन लामो अवधि उपवास बसेर चिकित्सक एवं वैज्ञानिकलाई नै चकित बनाइदिएका थिए । सौर्य किरणमार्फत प्रवाह भएको सकारात्मक ऊर्जा ग्रहण गर्ने हो भने मस्तिष्क क्षमतासमेत बढ्ने कुरा ती इन्जिनियरमाथि सन् २००० मा गरिएको अध्ययनले देखाएको छ ।

कति वैज्ञानिक छ हिन्दू संस्कारअनुसारको सूर्य नमस्कार ! सूर्यबाट धेरै कुरा दोहन गरी जीवन स्वस्थ र सहज बनाउन सकिन्छ ।

सौर्य किरणको उपयोग पृथ्वीवासीका लागि मात्र नभएर अन्तरिक्षमा पठाइने यान्त्रिक उपकरणमा समेत हुने गरेको हामीलाई थाहा भएकै कुरा हो । अझै सौर्यशक्ति के–के कुरामा उपयोग गर्न सकिने हो ? त्यो भविष्यले देखाऊला । यसबारे खोज–अनुसन्धान अझ अपूरै छ । जे होस्, हाम्रा पूर्वजहरुले सूर्यलाई हरेक बिहान नारायणका रुपमा त्यसै नमस्कार गरेका होइनन् । कति वैज्ञानिक छ हिन्दू संस्कारअनुसारको सूर्य नमस्कार ¤ सूर्यबाट धेरै कुरा दोहन गरी जीवन स्वस्थ र सहज बनाउन सकिन्छ ।

सौर्यऊर्जाका भरमा उपवास :

भारतको केरलाका अवकाशप्राप्त मेकानिकल इन्जिनियर हीरा रतन मानेकले सन् १९९५ जुन १८ देखि सन् १९९६ जनवरी १६ सम्म (२२१ दिन) तातोपानी र सूर्यको किरण मात्रै ग्रहण गरेर आफ्ना नियमित कामहरु गरे । उनको यो उपवासको सुपरीवेक्षण एलोपेथी एवं आयुर्वेद चिकित्सा विशेषज्ञ डा. सी.के. रामचन्द्रनले गरेका थिए । यसरी आँखाको माध्यमबाट सौर्य किरण ग्रहण गरेर उपवास बस्दा मानेकको स्वास्थ्य सन्तोषजनक रह्यो । अभ्यास बढाउँदै जाँदा उनको भोकमा कमी हुँदै गयो । साथै उनमा आश्चर्यजनक परिवर्तन हुन थाले ।

आफ्नो सफल प्रयोगबाट मानेक झनै प्रेरित भए । डाक्टरहरुको सुपरीवेक्षणमा उनी पुनः पहिलेको जस्तै गरी सौर्य ऊर्जा ग्रहण गरेर सन् २००० जनवरी १ देखि सन् २००१ फेब्रुअरी १५ सम्म ४११ दिन उपवास बसे । डा. सुधीर शाह र डा. के.के. शाहको नेतृत्वमा २१ चिकित्सक एवं वैज्ञानिकको अन्तर्राष्ट्रिय टिमले उनको सुपरीवेक्षण गरेको थियो । उपवासको क्रममा डाक्टरहरुले उनको स्वास्थ्यलाई पूर्णरुपले स्वस्थ र रोगमुक्त भएको पाए । सो अवधिमा उनलाई कुनै रोग लागेन । उनका सबै शारीरिक अंगहरुले ठीकसँग कार्य गरिरहेका थिए । ६५ वर्षको उमेरमा पनि उनको शरीरमा न्युरोन निर्माण भएको पाइयो । यही उपवासको क्रममा उनले पालिताना तीर्थको झन्डै ३ हजार ५ सय सिँढी सहजै चढेर डाक्टरहरुलाई चकित पारे । यस सन्दर्भमा उनको विवरण गुजरात मेडिकल जर्नलको मार्च २००१ अंकमा समेत प्रकाशन भएको थियो ।

मस्तिष्कको सक्रियतामा वृद्धि :

डा. के.के. शाहको नेतृत्वमा २१ चिकित्सक एवं वैज्ञानिकको अन्तर्राष्ट्रिय टिमले मानेकमा गरेको सुपरीवेक्षणबाट अविश्वसनीय परिणाम प्राप्त भएकाले फिलाडेल्फियाको थोमस जेफरसन विश्वविद्यालय र पेन्सिलभेनिया विश्वविद्यालयले मानेकलाई निमन्त्रणा गरे । त्यहाँ डा. एन्ड्रयु बी. न्युबर्गको नेतृत्वमा १३० दिनसम्म उनको मस्तिष्कमा हुने परिवर्तनलाई केन्द्रित गरी अवलोकन गरियो । त्यस बेला पनि मानेकले आफ्नो आँखाबाट सौर्यऊर्जा ग्रहण गरी उपवास बसे ।

फलस्वरुप मानेकको ग्रे सेल्स पुनर्जीवित भयो भने पाइनियल ग्रन्थि (जसलाई तेस्रो आँखा पनि मानिन्छ) ५५ वर्षपछि पनि खुम्चनुको सट्टा फुकेको पाइयो । यसको सामान्य आकार ६ह६ मिलिमिटर भए पनि ८X११ मिलिमिटरसम्म फैलिएको पाइयो । सौर्य ऊर्जामा मस्तिष्कको सक्रियता बढाउने शक्ति पनि हुँदो रहेछ भन्ने प्रमाण बने उनी । सौर्य ऊर्जा ग्रहण गर्न सक्यो भने मस्तिष्कको अन्तर्निहित क्षमता बढ्ने रहेछ भन्ने समेत प्रमाणित भयो ।

तरल पदार्थ र सूर्यको किरणमा जीवीत रहने व्यक्तिको अध्ययनमा नासा (नासा टु स्टडी म्यान हु सर्भाइभ्स अन लिकुइड्स एन्ड सनलाइट)  शीर्षकमा यसबारे सन् २००३ जुन ३० मा ‘स्पेस डेल्ली डट कम’ मा समेत समाचार प्रकाशन भएको थियो । हिन्दुस्तान टाइम्सलाई उद्धृत गर्दै यस समाचारमा ६४ वर्षीय हीरारतनले सन् १९९२ देखि भोजन गर्न नचाहेको उल्लेख गरिएको छ । पछि सन् १९९५ मा हिमालयको तीर्थयात्रामा गएर फर्केपछि पूर्णरुपमा भोजन गर्न छोडेका थिए । त्यस बेला उनकी श्रीमतीले भनेकी थिइन्, ‘हरेक दिन उनी एक घण्टासम्म आँखा नझिम्क्याई सूर्यलाई हेर्छन्, यो नै उनको प्रमुख खाना हो ।’ कहिलेकाहीँ उनी चिया, कफी वा अन्य तरल पदार्थ पनि सेवन गर्ने रहेछन् ।

समाचारअनुसार १३० दिनसम्म मानेक पानीको सेवनले मात्र बाँचेको नासाले प्रमाणित गर्‍यो । अमेरिकी अन्तरिक्ष एजेन्सीले आफ्नो अन्तरिक्ष अभियानमा जाँदा खाद्य प्राप्त गर्ने मानेकको प्रविधि उपयोगी हुने आशासमेत राखेका थिए ।

सौर्य किरण सेवन गर्ने आफ्नो तरिका वैज्ञानिक छ भन्ने मानेक र उनकी श्रीमतीले दाबी गरे पनि डाक्टरहरुले भने सूर्यको परावैजनी किरण हानिकारक हुने भएकाले बिस्तारै आँखा बन्द हुन सक्ने चेतावनीसमेत दिएका थिए तर उनलाई त्यस्तो भएको समाचार बाहिर आएन । अहिले उनी जीवित छन् वा छैनन्, जीवित भए पनि कस्तो अवस्थामा छन् ? कुनै समाचार बाहिर आएको भेटिएन ।

हुन त लँगौटी मात्र लगाएका नाङ्गा बाबा खालि खुट्टा हिमालमा सकुसल हिँडिरहेको युटुबमा पनि देखिएकै हो । सूर्ययोगी नामका एक योगी मलमलको पातलो वस्त्रका भरमा मानसरोवरजस्तो ठण्डा ठाउँमा पुगेका थिए । माथि उल्लिखित मानेक र यी बाबाहरुले सौर्य ऊर्जाबाटै यस्तो शक्ति ग्रहण गरेका हुन् भन्न सकिन्छ । शारीरिक रोगको उपचारसमेत यही सौर्य ऊर्जाबाट हुने गरेको दाबी मानेकले गरेका थिए । हुन पनि हो थोरै मानिस भोकले मरेका छन् भने धेरै मानिस खानेकुराकै कारण मरेका छन् ।

इन्जिनियर मानेकले आफ्नो प्रयोगमार्फत प्रमाणित गरेका छन् कि सीधै सूर्यको ऊर्जा अवशोषण गर्न सकियो भने भोकलाई पनि जित्न सकिन्छ । साथै सौर्यऊर्जाको अवशोषण गरेर उपवास बसी शरीर स्वस्थ बनाउन सकिन्छ । सूर्य एक प्राकृतिक ‘टनिक’ हो । हामीले यसको दोहन गरी उपयोग गर्न सक्नुपर्छ ।

(इन्साइक्लोपेडिया अफ जैनिजम डट कमलगायत विभिन्न वेबसाइटमा भेटिएका लेख एवं समाचारहरुमा आधारित ।)

प्रतिक्रिया दिनुहोस्