किरण गजमेरको देन नेपाललाई



  • बुद्धमणि ढकाल

किरण गजमेर अमेरिकाबाट नेपाल पुग्दा उनलाई निकै असजिलो एक्लोपन महसूस भयो रे। तर भोइस अफ नेपालको कार्यक्रम दौरानमा उनले निकैसाथी बनाए । किरणले आफू नेपाली भएको नातालेनै त्यहाँसम्मको यात्रा गरेको बताएका छन्। म नेपाली हुँ भन्ने कुरामा बार-बार जोडदिए। नेपाली राष्ट्रले होइन, जातीयता कारणले नेपाल बाहिर बस्ने  नेपाली, डायस्पोराका नेपालीको परिचय थियो किरणको। तेसैले पनि होला उदघोसक सुशीलले किरणलाई नेपाली बाबु को संज्ञा दिए मन्चमा।

नेपालको शरणार्थी शिविरमा रहुन्जेल उनी भुटानी, अझ हेलाको भावमा प्रयोग हुने‘भो टाँगेु, शिविरे आदि थिए। आज त्यो हेयदर्जाबाट मुक्त भएको किरणले फर्काएर नेपाललाई दिन तम्सेका छन्। स्वरतदिएनै त्यसमा आफूले पाएको पुरस्कार राशी पनि अर्पि दिए सामजिक सेवाका निमित्त। यस्तो दिने भावना उनी सिर्फ भुटानी भएको भए आउने थिएन होला।नेपाल हाम्रो पुर्खाको जरो नभएको भए नेपाल र नेपालीलाई माया गर्ने कुनैअरु कारण हुने थिएन।

किरण जस्ता अरू हज्जारौं शरणार्थी शिविरमा जन्मेको पुस्ताले पुनर्वास पछि पौरख गरेका छन्। शायद अरु पनि त्यो पौरख बाँड्न चाहन्छन, नेपालको रेमिटान्समा थप्न चाहन्छन। किरण गजमेरले प्रेरणा भरे अरुमा। भोइस अफ नेपालको मन्चमा उनले‘संसार भरि छरिएर बसेका नेपालीहरूको प्रतिनिधि पात्र हुँ’भन्दा उनले आफैँ जिम्मेवारी वोध गरे जस्तो लाग्छ।यो भनाइलाई नेपालमा चाहे स्वीकार होस्या नहोस्, नेपाली कला, साहित्य रसङ्गीतलाई आफ्नो ठान्ने डायस्पोराका सबै नेपालीहरूले उनलाई नेपालको गीतगाउन हौस्याइर हे।

नेपालीत्वको अपनत्व

नेपाली हुँ भन्नुमा केचमत्कारी आनन्द छ किरणको पुस्तालाई ? शरणार्थी शिविरको धुलो हिलोमा खेलेको यो पुस्तालाई भुटानपरीको कथा जस्तो लाग्छ ।  नेपाललाई चिन्ने मौका पनि कम पाएको छ त्यहाँ बसुन्जेल।के योटाडा भएकोवस्तु प्रतिमाया बढेको हो ? अथवा विदेश बसेर नेपालतिर फर्केर हेर्न खोजेको हो ?किरणको उमेरका युवायुवती नेपालफर्केर जाने गरेका छन्।आफू खेले हुर्केको शिविरको झार-जङ्गल, पानी धारा, छाप्रो को घडेरीरबा(आमाले रोपेका बोट-बिरुवा चिनेर तिनीहरुसँग मायासाटेका छन्,  । त्यो ठाउँ सँग पुनस् जोडिन खोज्दै छन्।भुटान वर्जित भएपछि नेपाल प्रतिश्रद्धा , प्रेम र आकर्षण बढेको हो ।  पुनर्वासित भुटानी समुदायको ।

इन्द्रेणीका कृष्ण कँडेलसँग किरणले भने-मैले अमेरिकामा खाएको भन्दा मीठो त्यस बेला शिविरमा खाएको दुखको गाँस थियो।यो नेपाली माटोप्रतिको अवि छिन्न सद्भाव भएको पुस्टि हो।नेपाली हुँ भन्नुमा मात्र होइन किनेपाललाई फर्काएर दिनुमा समेत आनन्द लाग्यो किरणलाई। उनका अमेरिकी समर्थ करप्रा योजकले यस दान गर्ने कार्यमा काँध हालेको निश्चय हो।

तर उनको अल्लारे उमेरको रहर पनि त होलान।तीरहरूलाई थाती राखेर किरणले नेपालको स्वास्थ्य सेवामा पहुँच सजिलो पार्न जुन पुण्यकर्म गरे, त्योस ह्रानी यमात्रहोइन मननयोग्य र सिको गर्न लायक छ।किरणलाई उद्घोषकले मन्चम नेपाली बाबु भनेर गरेको सम्बोधन यस अर्थमा सटिक भयो कि भन्ने लाग्छ।यसो भन्दैमा के किरणलाई नेपालमा बस्नेअ धिकार मिल्लात ? एउटा छाप्रोको घडेरीसमेत मेटिएको शरणार्थीलाई नेपाली जन समुदायको हितका लागि एम्बुलेन्स किन्ने पैसा दान गर्न के सरोकार? के योता  जजितेको बहकाईमा आएको पुलकित भावना मात्र हो या किरणर उनको पुस्ता नेपाललाई सधैं दिने अठोट लिन तत्पर छ ?

भूटानको साम्राङ्बस्तीबाट उठिबास लाग्दा किरणका हजुरबाले खासै केही ल्याएका थिएनन्। केहि निजी वस्तुको झिटी-गुन्टा बाहेक आफ्ना परिवारलाई इन्डिया साम्राङमा कति रातअरुकै करेसार गाई ग्वालीमा बिताएर नेपाल ल्याइपु र्याएका थिए ।तर उनले सीप ल्याएका रहेछन्, सरस्वतीको वरदान पाएका रहे छन्।नाती किरणले त्यो प्रत्यक्ष देखाउन पाए।अमेरिकामा दर्ता भएको इन्ट्रा फाउन्डेसनले किरणको नेपाल बसाइमा सक्रिय समर्थ नगरेको जानकारी सबैलाई छ।सोही फाउन्डेसनले किरणलाई दिनसमेत उक्सायो।यसरी फर्काएर दिने प्रचलन पश्चिमा मुलुकहरूमा निकै व्यापक छ ।

गैरनाफा मुखी सस्थामार्फत ।नाफा कमाएका कम्पनिहरुले सरकारलाई बुझाउने करको भार कम गर्न यसो गर्छन्।इन्ट्रा-फाउन्डेसनले किरणलाई भ्वाइस अफ नेपालको मन्चमासक्दो सहयोग गरेर उनलाई आफूले जितेको पुरस्कार समेत नेपालको सामाजिक कार्यमा खन्याउन उत्प्रेरित गर्यो।यो चानचुने त्याग होइन किरण कोरइन्ट्रा फाउन्डेसनको। डलरको आडमा किरणलाई जिताएको भन्ने विपक्षस्वरमा केही सत्यताहोला तर पैसा तिरेर भोट हाल्ने प्रक्रियागरे पछि त्योअवस्य हुन्छ भन्ने तर्क पनि उत्तिकै बलियो छ।यो तर्क गरि रहनु भन्दा पनि किरणले ताज जितेर के लिएर गए वा के दिएर गए भन्ने कुरामा ध्यान दिनु ठीक होला।

नेपालले कसरी बुझेको छ ?

नेपाल सरकारले जुन बेला तेस्रो मुलुक पुनर्बास गराउन सहमती जनायो, शरणार्थी समुदाय कोहीत अलावा नेपालमा त्यसले ल्याउने विदेशी मुद्रा संचितीको बारेमा सोचेको थियो या थिएन यकिन छैन।तर विगत बाह्र वर्षदेखि यी पुनर्वासित भुटानीहरु नेपाल गइरहेका छन् ।  स नेपालको पर्यटन राजस्वमा टेवा पुर्याएका छन्। त्यसमाथि किरण गजमेरले जस्तो नेपालीको दुखमा मलम लगाउने काममा यो समुदायका मानिसहरू चुकेका छैनन्।इन्द्रेणीका कृष्ण कँडेललाई होस वा धुर्मुस सुन्तली फाउन्डेसनका सिताराम-कुन्जनालाई, कुनै न कुनै रकम उनीहरुले दान गरेकै छन्।

भूटान जान नपाए पछि नेपाल यो समुदायको प्रिय गन्तव्य हो। त्यसो त भूटानमा छोडिएका आफन्तजन जनलाई पनि सहयोग नगरेको छैन, तर भूटान सरकारले उनीहरु लेप ठाएको रेमिटान्सलाई खुलेर उल्लेख गरेको छैन। हुन त देश निकाला गरिएका मानिसबाट देशको विदेशी मुद्रा बढ्यो भन्नु सरम लाग्दो कुरा पनि हो। शरणार्थी भै बसेका मानिसबाट यसरी देशलाई भइरहेको फाइदाको लेखा-जोखा नेपाल सरकारले कसरी गरिरहेको छ ।

जान्न बाँकी छ। मुख्य उनीहरुको नेपाललाई दिने इच्छाबाट झल्केको भावी सम्भावना समेत आँकल नगर्न मनासिब होला।किरण गजमेर जस्ता कलाकार र अमेरिकी शिक्षाले सबली करण भएका नयाँ पिंढीका युवायुवतीले त्यो ठूलो सम्भावना बोकेको छ। किरणले भोइस अफ नेपालको ता जजितेको मेरो लागी नेपाली नागरिकता पाए सरह हो  भनि रहँदा उनले नेपाली हुनबाट हामीलाई वन्चित नगर्नु होस्भन्ने चोटिलो सन्देश पोदिए जस्तो लाग्यो। यसको अर्कोअर्थहुन्छ ( नेपालमा हामीलाई न्यानो सद्भाव र माया बाँड्न दिनु होस्, हाम्रो लगानी यस पुर्खाको भूमिमा धनको मात्र होइन वौद्धिक विचार र सीपको पनि हुन्छ।

विदेशमा आफ्नो कला प्रदर्शन गरेर फर्किने नेपाली कलाकारहरुले के दिएका छन्  नेपालमा र अहिले किरणले नेपालमै पाएको इनामबाट के दिए नेपाललाई (अति सोच मग्न विषय छ। आनी छोयिङ्ग डोल्माले उनको गलाबाट उब्जेको प्रतिभाबाट फ़र्पिङ्गको आर्यतारा स्कूलच लाएको उदाहरण यो देनको एक नमुना  हो। सिताराम कट्टेल र कुन्जना घिमिरे ले पनिआफ्नो कलाका रिताले बनेको लोक प्रियताका आधार माती ठूला कामहरु आँट गरेका छन्।

तर यस्ता कलाकार नेपालमा अनगिन्ती छन्र विदेशमा कार्य  क्रम गर्नेको लर्को पनि लामै छ। अब नेपालीहरू सबै गरिब छैनन्।नेपाल बाहिर बसेर आर्जन गरेको भौतिक र वौद्धिक सम्पति नेपाल लानर त्यसको समुचित व्यवस्थापन गर्न के लेरोके को छ ? देशको राजनीतिक र सामाजिक संरचनामा कायापलट गर्छौँ भनेर जन-युद्ध गर्नेहरू सरकारमा के गर्दैछन र उनीहरुलाई कसले रोकेको छ ?अब केवल सङ्गठित लगानीको प्रभा हथाल्न सबै शिक्षित नेपाली मानव संसाधनको परिचाल नगर्न अबेर नगरौं।

 

प्रतिक्रिया दिनुहोस्