मेगा बैंक नेपालले ९ वटा काउन्टरलाई स्तरोन्नति



काठमाडौं, (नेस) ।

मेगा बैंक नेपालले विभिन्न स्थानमा सञ्चालनमा रहेका ९ वटा एक्सटेन्सन काउन्टरलाई स्तरोन्नति गर्दै शाखा कार्यालयमा परिणत गरेको छ ।

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ७ मा रहेको शिवसताक्षी एक्सटेन्सन काउन्टर, मोरङको धनपालथान गाउँपालिका– ४ मा रहेको धनपालथान एक्सटेन्सन काउन्टर, सुनसरीको कोशी गाउँपालिका–१ मा रहेको कोशी एक्सटेन्सन काउन्टर, धनुषाको मिथिला बिहारी नगरपालिका–७ मा रहेको मिथिला बिहारी एक्सटेन्सन काउन्टर, धनुषाकै नागराईन नगरपालिका– २ मा रहेको नागराईन एक्सटेन्सन काउन्टर रहेका छन् ।

त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका– ३ मा रहेको मालारानी एक्सटेन्सन काउन्टर, पाल्पाको माथागढी गाउँपालिका–४ मा रहेको माथागढी एक्सटेन्सन काउन्टर, गुल्मीको रुरुक्षेत्र गाउँपालिका– ४ मा रहेको रुरु एक्सटेन्सन काउन्टर र दार्चुलाको शैल्यशिखर नगरपालिका– ९ मा रहेको शैल्यशिखर एक्सटेन्सन काउन्टरलाई शाखामा स्तरोन्नति गरेको हो । यससँगै मेगा बैंकको शाखा संख्या १९९ पुगेको छ भने एक्सटेन्सन काउन्टरहरुको संख्या २४ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्