हेड एण्ड नेक क्यान्सर के हो? नेपालको अवस्था कस्तो छ !



भगवती तिमल्सिना, काठमाडौं  ।

जुनसुकै क्यान्सरको उपचार अब नेपालमा सम्भव छ । यसका लागि समयमै पहिचान गरि समयमै आवश्यकता अनुसारको उपचार थालनी पनि गरिहाल्नुपर्ने नेपाल क्यान्सर अस्पतालका अध्यक्ष तथा बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.सुदिप श्रेष्ठले बताउँनुभयो ।उहाँले “नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर”, “नेपाल क्यान्सर सप्पोर्ट ग्रुप” र “उपचारका लागि सहयोगी हातहरु नेपाल”को संयुक्त आयोजनामा नेपालमा हेड एण्ड नेक क्यान्सर रोगको रोकथाम तथा उपचारका विविध विषयहरुमा जनचेतना अभिवृद्धि गराउँदै र हेड एण्ड नेक क्यान्सर रोगलाई जितेका र लडिरहेका महानुभावहरुको अनुभव आदान प्रदान गर्न आयोजना गरिएको कार्यक्रम भन्नुभएको हो ।

डा. श्रेष्ठले ब्रेन, आँखा, घाँटी, नाक, टाउँकाको क्यान्सर हेड एण्ड नेक क्यान्सर हो भन्नुभयो । बिदेशमा गर्ने क्यान्सरको उपचार अहिले नेपालमै सस्तो र गुणस्तरिय तथा भरपर्दो हुने बताउँनुभयो । यो उपचारका लागि दक्ष जनशक्ति चिकित्सक, नर्स, परामर्शदाता, प्याथोलोजी डिपार्ट, सरसफाई देखि धेरै ठूलो समूहको आवश्यक पर्दछ । यी सबै पक्ष मिलेर बनेको समूहको फरक फरक जिम्मेवारी हुन्छ । घाँटीको क्यान्सर उपचार गरेका बिरामीलाई विशेष गरि पानी खाँदा सम्म ध्यान पुर्याएन भने सर्किने र गाह्रो हुने हुन सक्छ । यसका लागि समस्यालाई न्यूनीकरण गर्ने काममा जानकार नर्स, परामर्शदाता खटिएका हुन्छन् । त्सैगरी रुद्रघण्टीको शल्यक्रिया गरेपछि स्वर बन्द हुन्छ यसका लागि स्पीच थेरापी गर्ने समूहले थेरापीका माध्यमबाट बिरामीले गुमाएका चिज पहिलाकै अवस्थामा फर्काउन प्रयत्न गर्नुपर्छ भन्नुहुन्छ ।त्यसैगरी प्याथोलोजी डिपार्टका प्रमुख डा.हरि ढकाल भन्नुहुन्छ-अंको प्याथोलोजीबाट क्यान्सर पत्ता लागेपछि मात्र कुन प्रकारको क्यान्सर हो भन्ने प्रमाणित हुन्छ । मानिसको शरिरमा १ सय ५६ भन्दा धेरै प्रकारको क्यान्सर हुन्छ । सबै क्यान्सर एउटै प्रकारको हुँदैन ।

त्यसैले बिरामीको शल्यक्रिया गर्दा गर्दै चिकित्सक र ल्याबले सँगसँगै काम गरेर प्रेडेक्टिभ मार्कर रोग फर्किएर आएको छ कि छैन हेर्ने विधि एक्स्टेन्ट अफ सर्जन रेडियो थेरापी गर्नु नपरोस भनेर २० मिनेटमा परिक्षण गरिन्छ र क्यान्सरको रुप कुन अवस्थामा छ शल्यक्रिया गर्ने टीमलाई ल्याबबाट जानकारी गराईन्छ । त्यसकै आधारमा उपचार गरिन्छ ।नेपालले क्यान्सर उपारमा धेरै फड्को मारेका छौ तर रोकथाममा कार्यान्वयन भएको छैन । नाक, कान, घाँटीको क्यान्सर सूर्तीजनय पदाथनै प्रमुख हो । यो धेरै बढेको छ । सबैले सकेसम्म हुनै नदिउँ भएपछि आत्मबल बटुलेर उपचार गराउँन डा.टपेन्द्र शेखर अमात्य जोड दिनुहुन्छ ।अस्पतालका निर्देशक स्वरुपा श्रेष्ठले विगतमा पनि लकडाउँनका बेलामा पनि क्यान्सर विजेताहरुलाई व्यस्ता बनाउनकै लागि कविता, टिकटक, अनुभव आदान प्रदान जस्ता भर्चुअल कार्यक्रम गर्नुका साथै प्रतिस्पर्धामा उतारेर विजेतालाई पुरस्कृत समेत गरिएको बताउँनयभो ।

नेपालमा हरेक बर्ष १२ देखि १३ हजार नाक, टाउँको, घाटीको क्यान्सर हुन्छ । यो क्यान्स उपाचारमा आउँदा ६० देखि ७० प्रतिशत बिरामी जटिल अवस्थामा आउँछन् । यसको समयमै पहिचान र आवश्यकता अनुसार उपचार गरे मात्र निको हुने नाक, टाउको, घाटीको क्यान्सरका विशेषज्ञ डा.प्रभात ठाकुर बताउँनुहुन्छ ।सोही अवसरमा मुखको क्यान्सर उपचार गराएर निको भएको उद्धव चौलागाईले नेपालीको क्यान्सर उपचार नेपालमै हुन्छ । विदेश जाने र अनावश्यक तनाव र खर्च नगर्न आग्रह गर्नुभयो । उहाँले नेपालका नाम चलेका अस्पतालले चौथो स्टेजको क्यान्सर भएको छ उपचार लाग्दैन भनेको अवस्थामा भौतारिएर नेपाल क्यान्सर अस्पतालमा पुगी डा.ठाकुरलाई भेटी उपचार गरेपछि दोस्रो जीवन पाएको बताउँनुभयो ।कार्यक्रममा क्यान्सर विशेषज्ञ डाक्टरहरुले टाउकोमा मस्तिष्क बाहेकका नाक, कान, घाँटीमा हुने जुन पनि क्यान्सर रोगले नेपाली समाजमा आफ्नो डरलाग्दो जरो गाडिसकेको र विशेषतः नेपालको तराई तथा शहरी क्षेत्रमा सुर्तीजन्य पदार्थको बढ्दो प्रयोगसंगै हेड़ एण्ड नेक क्यान्सरको जोखिम पनि बढ्दो रहेको बिषयमा जानकारी गराउनु भयो । प्रारम्भिक चरणमा उपचार भए क्यान्सर रोग पूर्ण रुपमा सजिलै निको पार्न सकिने बारे र साथै क्यान्सर रोगमा भईरहेको पछिल्लो खोज अनुसन्धान, उपचार प्रबिधि र अत्याधुनिक उपकरणबारे पनि प्रकाश पार्नुभयो । कार्यक्रममा क्यान्सर रोगलाई जितेका र लडिरहेका सर्भाइभरहरुले आफ्नो अनुभव साटासाट गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले विदेशमा उपलब्ध हुने अत्याधुनिक प्रबिधिहरुलाई भित्राई एउटै छानामुनी नेपाली जनताको आर्थिक पहुँचभित्र रहि गुणस्तरीय क्यान्सर उपचार सेवा दिईरहेको छ । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले नेपालीहरुले आफ्नो क्यान्सरको उपचारको लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्दै सम्पूर्ण चरणको विभिन्न क्यान्सरको सफलतापुर्वक उपचार गरिरहेको जनाएको थियो ।कार्यक्रममा सर्लाहीका क्यान्सर विजेता पारस श्रेष्ठले जिब्रोको क्यान्सरबाट मुक्ती पाएको सफल कथा सुनाउँनुभयो । त्यसैगरी सिंगापुर निवासी अजय निमकुलले दाँतको क्यान्सर हुँदा गिजानै काटेर ज्यान बचाउने नेपाल क्यान्सर अस्पताल प्रति आभार प्रकट गर्नुभयो । त्यस्तै पानपरागका पारखी कन्चन शर्माको जिब्रोमा आएको सानो घाउँ क्यान्सरमा परिणत भएपछि ९० प्रतिशत जिब्रो काटेर उपचार भयो चिकित्सकको प्रयास र मेरो आत्मबलले क्यान्सर जित्न सफल भएको बताउँनुभयो । डोल्पाकी प्रतिभा केसी दिन प्रतिदिन मोटाउँदै गईन परिक्षण गराउँदा थाईराईड पत्ता लाग्यो अन्तमा उनलाई थाईराईडको क्यान्सर भएको कुरा नेपाल क्यान्सर अस्पतालका चिकित्सक डा.ठाकुरले पत्ता लगाई ६ महिना अगाडि शल्यक्रिया गरेपछि राम्रो भयो । डा.ठाकुरका अनुसार यसरी परिक्षणमा आएका ९० प्रतिशत महिलामा थाईराईडको क्यान्सर पहिचान भएको छ । थाईराईडको क्यान्सर उपचार गरे निको हुन्छ ।

क्यान्सरको मूल जरो भनेकै चुरोट, खैनी, सूर्ती हो । यसका साथै रक्सी खानु भनेको आगोमा घिउ थप्नु जतिकै हो डा. ठाकुर भन्नुहुन्छ । अहिले सम्म क्यान्सरको उपचारमा २० प्रतिशत बिरामीले मात्र सहजै खर्च गर्न सक्छन भने अन्यको उपचारमा पहुँच हुँदैन र ऋण लाग्ने, घरखेत सकिने जस्ता समस्या दिनानुदिन बढ्दै छ । यसका लागि समयमै सूर्तिजन्य पदार्थको प्रयोगमा नियन्त्रण र राजस्व बढी लगाउँनु नै उत्तम उपाय भएको विश्व स्वास्थ्य संगठनले औल्याई सकेको छ । महिलाको दाजोमा पुरुषमा बढी क्यान्सर रोग देखिएको अनुसन्धानबाट देखिएको डा.ठाकुरले बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्