अपराधिक घटनामा कमी



सञ्जय कार्की, रौतहट ।

रौतहटमा बिगत बर्षको तुलनामा अपराधिक घटनामा कमी हुदै आएको छ । गएको तीन आर्थीक बर्षको तुलनामा अपराधिक घटनाको बृध्दिमा कमी आएको प्रतिबेदन सार्बजनिक गरिएको छ । आर्थीक बर्ष ०७७-०७८ मा रौतहटमा ७ सय १ वटा मुध्दा दर्ता भएपनि यो बिगत दुई आर्थीक बर्षको तुलनामा बृध्दि प्रतिशतमा कमी आएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटले सार्बजनिक गरेको बार्षिक प्रगती बिबरण अनुसार आर्थीक बर्ष ०७७-७८मा २ दशमलब ४८ प्रतिशत अपराधिक घटनामा बृध्दि भएपनि यस भन्दा अघि ०७६-७७ मा ८ दशमलब ७४ र आर्थीक बर्ष ०७५-७६ मा २६ दशमलब ८१ प्रतिशत बृध्दि रहेको जनाइएको छ । प्रहरी उपरिक्षक सिध्दि बिक्रम शाहले अपराध नियन्त्रण तथा रोकथाममा प्रहरीको क्रियाशिलताले अपराधिक घटना न्युनिकरण हुदै गएको बताउनु भयो । जिल्ला प्रहरी कार्यालय रौतहटमा गएको बर्ष ७ सय १ वटा मुद्दा दर्ता भएपनि ४ सय २४ मुद्दा फर्छर्यौट भएको छ ।

२ सय ७७ वटा मुद्दा फर्छयौट हुन नसकेपछि यस चालु आर्थिक बर्षमा सारिएको जनाइएको छ । गत बर्ष रौतहट घटेका घटनामा अभ्रद ब्यबहार १सय ८२ वटा, बहुबिबाह १२ वटा, बालबिबाह–३, जबरजस्ति करणी–३६, जबरजस्ति करणी उधोग– १३, बाल यौन दुरुपयोग– २, मानब बेचबिखन ओसारपसार–१, सबारी ज्यान–३६, नागरिकता– ४ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

उता प्रहरीले फैसला कार्यान्वयन पश्चात फरार रहेका ६२ जना प्रतिबादी र बरदात पश्चात फरार प्रतिबादी रहेका ९३ जना प्रतिबादी लाई पक्राउ गरिएको छ । रौतहटमा विष सेवन गरेर ३० र झुण्डिएर ९४ गरी १ सय २४ जनाले आत्महत्या गरेको जनाइएको छ । उता तराई मोर्चाको नाममा ब्यबसायी संग चन्दा माग गर्ने गरुडा नगरपालिका–५ लक्ष्मिपुर निबासी लडाई राय यादब लाई पक्राउ गरी सो कार्यक्रममा सार्बजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्