ट्याक्टर र जेसीबी पुरिँदा एकको मृत्यु



पाल्पा, (नेस)  । 

पाल्पाको तिनाउ गाउँपालिका–६ डुम्रेस्थित भित्री कच्ची सडकमा पहिरोले ट्याक्टर र जेसीबी पुरिँदा एकको मृत्यु हुनाको साथै एक जना घाइते भएका छन् ।

तिनाउ गाउँपालिकाअन्तर्गत पर्ने डुम्रेबाट होलीघाटतर्फ ढुंगा लोड गरी जाँदै गरेको लु४त ६६२९ नम्बरको ट्याक्टर पहिरोले पुरिँदा ट्याक्टर सहयोगी बर्दिया अस्मेरी गाउँपालिका–३ का २७ वर्षीय महेन्द (मुमलाल) पुनको मृत्यु भएको हो । पुनको उपचारका क्रममा तानसेस्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो । मृतक डुम्रेमा अस्थायीरूपमा बसोबास गर्दै आएको बताइएको छ ।

ट्याक्टर हिलोमा फसेपछि लु१क २४९६ र लु१क २४९७ नम्बरको जेसीबीले ट्याक्टर निकाल्ने क्रममा अचनाक माथिबाट खसेको पहिरोले ट्याक्टर र जेसीबीलाई पुर्दा लु१क २४९६ नम्वरको जेसीबी चालक रैनादेवी छहरा गाउँपालिका–१ का २० वर्षीय सरोज बुढा घाइते भएको प्रहरीले जनाएको छ ।घाइते बुढाको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेको अवस्था मध्यम रहेको जनाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको उपरीक्षक त्वातीले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्