आँधिखोला लघुवित्तको साधारणसभा



अमृत अर्याल , स्याङ्गजा   । 

आँधिखोला लघुवित्त वित्तीय संस्थाको चौथों साधरणसभा सम्पन्न भएको छ । उक्त साधारण सभाले आ. व.२०७७-०७८ को सञ्चालक समितिको वार्षिक प्रतिबेदन पारित गर्नुको साथै लेखापरिक्षण प्रतिवेदन सहित २०७८ आषाढको वित्तीय अवस्थाको विवरण, नाफा–नोक्सान विवरण तथा विस्तृत आयको विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु स्वीकृत गरेको छ ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्ष नरेश केसीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७-०७८ को वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले लेखा परिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७-७८ को वासलत, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण र सोसँग सम्वन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गरेको छ । अध्यक्ष केसीले लेखापरीक्षक नियुत्ति तथा पारिश्रमिक तोक्नेसम्बन्धी सामान्य प्रस्ताव पेस गर्नु भएकोमा साधारणसभाले उक्त सम्पूर्ण प्रस्ताव पास गरेको छ ।संस्थाले हाल १० जिल्लामा १९ कार्यालयमार्फत सेवा दिँदै आएको छ ।

धितोपत्र कारोबार मर्जर प्रकृयाका कारण २०७६ पौषदेखि नै वन्द रहेको र यस आ.व मा शेयरधनीलाई कुनै प्रकारको लाभांश घोषणा नगरिएकाले आगामी वर्ष चाँडै लाभांश वितरण गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत डोलराज के.सी.ले बताउनुभयो । कोरोना महामारीका कारण साधारण सभा सिमित मानिसहरुको बिचमा सम्पन्न भएको संस्थाले जनाएको छ । साधारणसभामा उपस्थित भएका शेयरधनी र सञ्चलकहरुलाई कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखि सरकारले लागु गरेको स्वास्थ्य मापदण्ड अनिवार्य पालना गरी उपस्थित गराएको समेत संस्थाले जनाएको छ । सभाले अन्य लघुवित्त संस्थाहरु गाभ्ने-गाभिने, प्राप्ति गर्ने तथा खरिद सम्बन्धी प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्