कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ७४ हजार नाघ्यो



बेइजिङ ।

गण्कोकोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ७४ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ७४ हजार ६८० जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ९४ लाख ७४ हजार ८६० जना रहेका छन । विश्वभर तीन अर्ब ५६ करोड ८१ लाख १३ हजार ५७४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

सो विश्वविद्यालयले जुलाई १७ मा प्रकाशित गण्को विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

देश सङ्क्रमितको संख्या कूल मृत्यु

संयुक्त राज्य अमेरिका तीन करोड ४० लाख ५२ हजार ८७१ छ लाख ८ हजार ८१३
भारत तीन करोड १० लाख २६ हजार ८२९ चार लाख १२ हजार ५३१
ब्राजिल एक करोड ९३ लाख ८ हजार १०९ पाँच लाख ४० हजार ३९८
फ्रान्स ५९ लाख ६ हजार ४४८ एक लाख ११ हजार ६४१
रुस ५८ लाख ३५ हजार ५२३ एक लाख ४४ हजार ४४६
टर्की ५५ लाख १४ हजार ३७३ ५० हजार ४५०
बेलायत ५३ लाख ५३ हजार २४५ एक लाख २८ हजार ९१३
अर्जेन्टिना ४७ लाख ३७ हजार २१३ एक लाख १ हजार १५८
कोलोम्बिया ४६ लाख १ हजार ३३५ एक लाख १५ हजार ३३३
इटाली ४२ लाख ८१ हजार २१४ एक लाख २७ हजार ८५१
स्पेन ४१ लाख २२२ ८१ हजार ९६
जर्मनी ३७ लाख ४९ हजार ९४४ ९१ हजार ३६७
इरान ३४ लाख ८५ हजार ९४० ८६ हजार ७९१
पोल्याण्ड २८ लाख ८१ हजार २४१ ७५ हजार २०५
इन्डोनेसिया २७ लाख ८० हजार ८०३ ७१ हजार ३९७
मेक्सिको २६ लाख ४२ हजार ६८ दुई लाख ३६ हजार १५
युक्रेन २३ लाख १६ हजार ८१ ५५ हजार १२४
दक्षिण अफ्रिका २२ लाख ६९ हजार १७९ ६६ हजार ३८५
पेरु २० लाख ९० हजार १३३ एक लाख ९४ हजार ९३९
नेड्रल्याण्ड १८ लाख ५ हजार ५२६ १८ हजार ६०

प्रतिक्रिया दिनुहोस्