साबुन-पानी र स्यानिटाइजरमा कुन प्रभावकारी ?



सही तरिका अपनाउने हो भने कीटाणु तथा रोगकारक जीवाणु नष्ट गर्न हात धुनु र स्यानिटाइजर लगाउनु दुबै उत्तिकै प्रभावकारी मानिन्छ । घरबाट बाहिर रहेका बेलामा स्यानिटाइजर एक सजिलो विकल्प हुन सक्छ तर आपतकालीन अवस्थामा यो महँगो हुनुका साथै सजिलै नपाइन पनि सक्छ ।

अल्कोहलमा आधारित हात स्यानिटाइजरले कोरोनाभाइरसलाई नष्ट गर्ने भए तापनि यसले सबै प्रकारका जीवाणु तथा कीटाणु भने मार्दैन । उदाहरणको लागि यसलाई नोरोभाइरस र रोटाभाइरस जस्ता भाइरसविरुद्ध एकदमै निष्प्रभावकारी मानिएको छ ।यदि साबुन र पानी उपलब्ध छैन भने विकल्पका रुपमा क्लोरिनयुक्त पानी वा कम्तीमा ६० प्रतिशत अल्कोहल भएको स्यानिटाइजरले हात सफा गर्नु एक राम्रो विकल्प हो ।

यी विकल्प उपलब्ध नभएमा साबुन–पानीको झोल वा खरानीको प्रयोगले पनि जीवाणु मार्न सघाउँछ, तथापि यो त्यति प्रभावकारी हुँदैन । त्यसैले यी विकल्पहरूको प्रयोग गरिएको भए तापनि तपाईं हात धुने स्थानमा पुग्नेबित्तिकै साबुन–पानीले राम्ररी हात धुनुहोस् र त्यसबीच अन्य संक्रमणको सम्भावना भएका सतहहरूमा नछुनुहोस् ।
– रेनुका कार्की, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्