पदक पाउँदा अरू आश्चर्यमा परे



लन्डन, (एजेन्सी) । 

रियो ओलम्पिक २०१६ मा कांस्य पदक जितेकी इनेस बउबाक्रीले आफूले अरूको लागि साबित गर्न नपर्ने महसुस गरेकी बताइन् ।
फेन्सिङमा पदक जित्ने ट्युनिसियाली बउबाक्री पहिलो अफ्रिकी र अरब महिला खेलाडी हुन् । उनले बताइन्—जब मैले पदक पाएँ अरूले आश्चर्य प्रकट गर्दै भने—ओ, उनी ट्युनिसियाबाट हुन्, उनले कसरी विश्वमा उत्कृष्ट प्रदर्शन गर्न सकिन् । जब मैले पदक पाएँ मैले भने कि मलाई केही पनि प्रमाणि गर्नु पर्दैन, म पदकको हकदार छु ।

बउबाक्रीकी आमा हेन्डा जाउअलीले एटलान्टामा सम्पन्न १९९६ ओलम्पिकमा खेलेकी थिइन् । उनका श्रीमान् इर्बान ले पेचउक्स फ्रेन्च ओलम्पियन हुन् । जाउअलीले उनकी छोरी बउबाक्रीले रियोमा पदक जित्दा हेर्न पाएनन् । तर, बउबाक्रीले बताए कि उनी खुसी थिए किनभने उनकी आमा पदक चाहन्थिन् ।बउबाक्रीले रियो ओलम्पिकमा रूसकी खेलाडी आइडा शानायेभालाई हराएकी थिइन् । यो सफलतामा ३२ वर्षीया खेलाडीलाई ट्युनिसियाका राष्ट्रपतिले स्वागत गरेका थिए । उनको सफलताले उनका फ्लोअर पनि बढेका छन् । उनले बताइन्—धेरै जसो युवा महिलाहरूले मलाई पछ्याएका छन् । मलाई दबाब बढेको छ, मैले अझै देखाउनु छ कि कसरी यो पदक पाउनेछ । यो कारण होइन कि हामीहरू अरब वा अफ्रिकाका हुन् हामीले आत्मविश्वास हुनुप-यो, अरूलाई न्याय गर्न दिनु भएन । आफुले के गर्न चाहन्छ त्यसमा विश्वास आफंैले लिनुप-यो ।

बउबाक्रीले बताइन् कि धेरैजसो केटीहरू खेलकुदमा आउन चाहेका छैनन् । उनीहरूले पुरुषहरूका झै मसल्स बनाउन र खेल्न चाहँदैनन् । उनले बताइन्— जब मैले यस्तो सुनें म स्तब्ध भए । म फेन्सिङमा लागेको २० वर्षभन्दा बढी समय भइसकेको छ । यसले मेरो शरीरलाई तन्दुरूस्त राखेको छ ।टोक्यो ओलम्पिक बउबाक्रीको चौथो ओलम्पिक सहभागिता हुनेछ । उनले शायद यो अन्तिम ओलम्पिक हुने पनि बताइन् । १८ वर्षमा उनी फ्रान्समा गएर फेन्सिङ खेल्न थालेकी थिइन् । उनले नयाँ पुस्तालाई खेलकुदमा राम्रो गर्न चाहेको पनि बताइन् । उनले भनिन्—‘मैले स्पोर्ट साइकोलोजीमा मास्टर्स गरेको छु । म पीई टिचर बन्न सक्छु । त्यसैले, यो मेरो करियरपछि अन्तर्राष्ट्रिय एकेडेमी बनाउने सपना देखेको छु ।’

प्रतिक्रिया दिनुहोस्