रेबिजबाट कसरी बच्ने ?



जनावरको टोकाइका क्रममा -यालबाट सर्ने प्राणघातक रोग हो रेबिज । यो रोग लागेपछि त्यसको संक्रमण स्नायु प्रणालीमा हुन्छ र रोग लागेको व्यक्ति वा जनावरले असामान्य स्वभाव देखाउँछ । विशेष गरी यो रोगबाट संक्रमित कुकुर, बिरालो, मुसा वा जंगली जनावरको टोकाइबाट सर्ने गर्दछ । यो प्राण घातक रोग भए पनि आत्तिनुपर्ने रोग भने होइन । रेबिजविरुद्धको खोप आइसकेको र टोकाइपूर्व नै त्यस्तो खोप लगाउँदा रोगबाट बच्न सकिन्छ ।

यस्तै त्यस्ता जनावरले टोकेमा तत्काल साबुन–पानीले घाउ धोएर चिकित्सकको सल्लाहअनुसार उपचार गरे रेबिजबाट बच्न सकिन्छ । तर बहुलाएको कुकुर वा त्यस्तो रोग लागेको शंका लागेका जनावरले टोकेपछि पनि हेलचेक्र्याइँ गरी रेबिजविरुद्धको खोप लगाउन ढिलाइ गरे मानिसको ज्यानै जान पनि सक्छ । यस्तै रोग लागेको जनावरको ¥याल घाउमा परेमा वा त्यस्तो जनावरको जुठो खाएमा पनि रेबिज रोग सर्छ ।
स्वास्थ्य तथ्यांकअनुसार नेपालमा बर्सेनि २ सय बिरामीको रेबिजका कारण मृत्यु हुने गरेको छ ।

प्राणघातक रेबिज रोग नियन्त्रणको लागि अन्तर्राष्ट्रिय रुपमा जनचेतना जगाउन तथा सरोकारवालाबीच ऐक्यबद्धता प्रकट गर्न प्रत्येक अंग्रेजी वर्षको सेप्टेम्बर २८ को दिनलाई ‘अन्तर्राष्ट्रिय रेबिज दिवस’का रुपमा मनाउने गरिएको छ । विश्वमा आगामी सन् २०३० सम्ममा रेबिज रोग उन्मूलन गर्ने लक्ष्य लिइएको छ ।
– मञ्जुश्री गिरी, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्