नर्भिकमा अत्याधुनिक सुविधासहितको आइभीएफ एण्ड फर्टिलिटी सेन्टर शुरु



न्युज अफ नेपाल, काठमाडौं ।

नर्भिक इन्टरनेशनल हस्पिटलमा अत्याधुनिक सुविधा तथा प्रविधि सहित नेपालमै पहिलो जेनेटिक ल्याब सहितको आईभिएफ एण्ड फर्टिलिटि (टेष्टट्यूब बेबी) सेन्टर संचालनमा ल्याएको छ । सन्तानको अभावमा छटपटाउँदै बिदेश जानुपर्ने समस्याको नेपालमै समाधान गर्ने उदेश्यले स्थापना गरिएको सेन्टरको बुधबार अस्पतालका अध्यक्ष बसन्त चौधरीका धर्मपत्नी मेघा चौधरीकी ममतामयी माता मिना चौधरीले धार्मिक बिधि अनुसार पाठपुजा गरि रिबन काटेर उद्घाटन गर्नुभएको थियो ।

नेपालका अन्य अस्पतालको दाजोमा नर्भिकमा विशेष सुविधा सहितको नयाँ भवनमा छुट्टै आईभिएफ युनिट खडा गरि सेवा दिन लागेको र अब आईभिएफ सेवाका लागि नेपालीहरुले महगो पैसा तिरेर विदेश जानुपर्ने र विदेशमा परिक्षणका लागि नमूना परिक्षणका लागि पठाउँनु पर्ने समस्याको अन्त्य भएको बरिष्ठ स्त्रीरोग विशेषज्ञ तथा टेष्टट्यूब बेबी विशेषज्ञ डा.नुतन शर्माले बताउँनुभयो ।

डा. शर्माले नेपालमा आईभीएफ सेन्टरको सोच आफुले भारत लगायतका मुलुकमा अध्ययन गरि सुविधा सम्पन्न सुरक्षित र व्यक्तिगत गोपनियतालाई समेत ध्यानमा राखी सबै परिक्षण लगायत उपचारमा समेत ध्यान पुर्याई एउटा पुरै घरमा आईभिएफ सेन्टर मात्र चल्ने गरि व्यवस्था मिलाईएको बताउँनुभयो । नेपालको अल्का अस्पतालमा लामो समय देखि स्त्रीरोग तथा निसन्तानहरुका लागि सन्तानको खुशी दिने सेवा पुर्याउँदै आउँनुभएका डा. शर्माले अबका दिनमा बिहान १० देखि ४ बजे सम्म नर्भिक अस्पतालको आईभिएफ सेन्टरमा सेवा प्रदान गर्ने बताउँनुभयो ।

भारतमा आईभिएफको एड्भान्स सेन्टर देख्दा नेपालमा पनि यस्तै सेन्टर स्थापना गर्ने मैले सपना देखेको थिए आज सफल भयो । नर्भिक अस्पतालको एउटा युनिट भएकाले यहाँ सबै सुविधा प्राप्त हुन्छ । आईभीएफको समस्या लिएर आउँनेमा युवा पुस्ता देखि महिनावारी बन्द भैसकेका समेत छन् । तर आईभिएफ सेवाका लागि यहि उमेर समूह मात्र मिल्छ भन्ने हुन्न । नेपालमा मैले नै महिनावारी सुकीसकेकी ५४ बर्षकी महिलालाई आईभिएफ सेवा मार्फत सन्तान प्राप्तीको खुशी दिलाएको छु । त्यसैले उमेर समूह सन्तान प्राप्तीका लागि बाधक हुन सक्दैन डा. शर्मा भन्नुहुन्छ ।

जतिबेला आफ्ना सामुन्ने सन्तानको चाहना लिएर आमा, बुबा आउँनुहुन्छ उहाँहरुलाई सन्तान प्राप्तीमा के समस्या हो भन्ने परिक्षण गरि पहिचान सहित जानकारी गराएर प्रयास गर्दा ४० प्रतिशत भन्दा माथिको स्वास्थ्य समस्याका कारण बच्चा नभएको समस्या समाधान गरिएको छ । उहाँहरुले सन्तान प्राप्तीपछि झल्किएको अनुहार र खुशी कही पाउन सकिन्न । कतिको बंशाणुगत समस्या पनि हुन सक्छ यसको पनि समयमै परिक्षण गरि उपचार गरे समस्याको समाधान हुन सक्ने डा. शर्मा बताउँनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्