कर्णालीका मन्त्री बुढाक्षेत्रीले वृद्धाश्रममा मनाए असार पन्ध्र



दिपेन्द्र शर्मा, सुर्खेत ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले असार १५ लाई नयाँ तरिकाले मनाएका छन । असार १५ गते १८ औ धान दिवस मनाउन कर्णालीका कृषिमन्त्रि कुर्मराज शाही दलवल सहित वीरेन्द्रनगरको तिलपुरमा जादा सामाजिक विकासमन्त्री वुढा भने कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको बृद्धाश्रममा गएर धान दिवस मनाएका छन । मन्त्रि वुढाक्षेत्रीले बृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरुसँग दहि चिउरा खुवाएर मनाएका हुन ।

वीरेन्द्रनगरमा रहेको प्रशान्ति बृद्धाश्रममा आश्रित बृद्धबृद्धाहरुसँग मन्त्रि वुढाक्षेत्रीले असार १५ ( १८ औ धान दिवस मनाएको स्वकिय सचिवालयका सदस्य जगतदल जनाला विके जानकारी दिए । विकका अनुसार मन्त्रि वुढाक्षेत्रीले आश्रममा रहेका २४ जना बृद्धबृद्धाहरुलाई फलफलु वितरण गर्नुका साथै दही च्यूरा पनि वितरण गरेका थिए ।

जेष्ठ नागरिकलाई सम्मान पूर्वक जीवनयापनको वातावरण बनाउने दायित्व सबैले पूरा गर्नुपर्ने मन्त्री बुढाक्षेत्रीले बताए । जन्मेपछि सबै बुढो हुने बताउँदै उनले जेष्ठ नागरिकलाई सम्मान गर्नेलेनै सम्मान पाउने उनको भनाई छ । ‘मानव जीवनमा सबै मानिसहरु एक पटक बुढो हुनैपर्छ, बुढो भएपछि हेलोहोचो गर्ने र घरबाट निकाला गर्ने प्रथाले कतिपय जेष्ठ नागरिकले दुःख पाउनु परेको छ यस्तो अवस्थाको अन्त्य गर्ने सबै नागरिकहरुको दायित्व भएको वुढाले वताए ।

बृद्धाश्रमले असाहय र आफ्नैबाट हेपिएका जेष्ठ नागरिकहरु राखेर पुण्यको काम गरेको भन्दै बृद्धाश्रमलाई सामाजिक विकास मन्त्रालयको पनि सहयोग रहने मन्त्री वुढाले प्रतिवद्धता व्यक्त गरे । यस्तै बृद्धाश्रममा नेपालका विभिन्न जिल्लाहरुबाट आश्रय लिइरहेपनि भवन र संस्था व्यवस्थापनका लागि आर्थिक अभाव भएको संस्थाका अध्यक्ष बालकृष्ण श्रेष्ठले बताए । अहिले उक्त आश्रममा साहाराविहिन २४ जना जेष्ठ नागरिकहरु बस्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस्