जन्मदिनकाे अवसरमा विपन्न परिवारलाई खाद्य सामाग्री वितरण



कास्की ।

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ पाउँदुर रानीथोकका समाजसेवी दुर्गाप्रसाद पौडेलले आफ्नो ६३ औं जन्मदिनको अवसरमा गरिव तथा विपन्न परिवारलाई खाद्य सामाग्री वितरण गर्नु भएको छ ।

पौडेलले आफ्नो निवासमा आयोजित एक कार्यक्रमकाबीच आज गरिव तथा विपन्न १६ परिवारलाई चामल, तेल, दाल, मस्यौरा, नुन, साबुन लगायतका सामाग्री हस्तान्तरण गर्नुभयो ।सामाग्री वितरण कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले खान नपाएर कोही मर्नु नपरोस् र कसैको चुलो नबल्ने स्थिति नआओस् भन्दै महामारीको समयमा गरिएको यो सहयोगले अनुकरणीय सन्देश दिएको बताउनुभयो ।

पछिल्लो समयमा ठूलो खर्च गरेर जन्मदिन मनाउने प्रचलन बढेको अवस्थामा खर्चलाइ सदुपयोग गर्दै विपन्न परिवार खाध्यन्न बितरण गर्नु पंशंसनीय कार्य भएको उहाँले बताउनुभयो ।समाजसेवी दुर्गाप्रसाद पौडेलले आफूले कहिल्यै जन्मदिन नमनाएको बताउदै बन्दाबन्दीका कारण दैनिकी सञ्चालनमा समस्या परेका घरपरिवारलाई खाद्यान्न वितरण गर्न पाउदा हर्ष लागेको लागेको बताउनुभयो ।

सो अवसरमा पौडेलले जनताका लागि जनताद्वारा सञ्चालित अभियान ‘अन्नपूर्ण कोभिड हेल्पलाइन’ लाई ५ हजार १ रूपैयाँ प्रदान गर्ने घोषणा समेत गर्नु भयो । कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका वड़ा नं ३ का वडाध्यक्ष चन्द्रबहादुर गुरूङ सहित वड़ा सदस्य लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्