पछिल्लो २४ घण्टामा थप २४२१ जनामा कोरोना संक्रमण पुष्टि, ५२ जनाको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा २४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७४६१ पीसीआर परीक्षणमा १५११ र ४९५३ जनाको एन्टिजेन परीक्षणमा ९१० जना गरी २४२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज कोरोना संक्रमणबाट थप ८१ जनाको मृत्यु भएको छदिए । जसमध्ये पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको हो । बाँकी २९ जना भने विगतको तथ्यांकमा समावेश नभएका मृत्यु रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३५५८ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्