काठमाडौंका नाकामा उच्च निगरानी, रुघाखोकी र ज्वरो आएकालाई पिसीआर अनिवार्य



न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना महामारीको जोखिम बढेको भन्दै काठमाडौं प्रवेश गर्ने नाकामा कडाई थालिएको छ । काठमाडौं भित्रिने प्रमुख नाकामा कडाइका साथ निगरानी सुरु गरेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

प्रजिअ पराजुलीले नाकामा अहिले ज्वरो आएका तथा रूघाखोकी लागेका व्यक्तिहरूलाई अनिवार्य पिसिआर परीक्षणमा पठाइन थालेको बताए । काठमाडौं छिर्ने व्यक्तिहरूलाई स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले सोधीखोजी गर्ने गरेका छन्। लक्षण देखिएकालाई पिसिआर परीक्षण गर्न पठाउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्