प्रहरी चौकीमै छैन टेलिफोन सेवा



भूपराज बस्याल, स्याङ्जा, (नेस) । 

जिल्लाको तेस्रो बजार भनेर चिनिने गल्याङ नगरपालिका–३ गल्याङ बजारमा रहेको प्रहरी चौकीमा ४ हजार ५ सयको अभाव हुँदा १८ महिनादेखि टेलिफोन अवरुद्ध भएको छ । गल्याङ प्रहरी चौकीको ०६३–४६०१९९ को टेलिफोन २०७५ चैत १ गते देखि सेवा अवरुद्ध भएको हो ।
बजार क्षेत्र र आसपासका क्षेत्रलाई सुरक्षा प्रदान गर्दै आएको प्रहरी चौकीमा जनप्रतिनिधिदेखि स्थानीय नागरिकसम्मको ध्यान पुग्न सकेको छैन । सूचना र सञ्चार क्षेत्रबाट नजिक रहेर आपराधिक गतिविधि नियन्त्रण गर्नुपर्ने प्रहरी नै टेलिफोन सेवाबाट करिब डेढ वर्षदेखि सम्पर्कविहीन भएर बस्नुपरेको छ । ‘पहिले त टेलिफोन थियो बीचमा टेलिफोन सेट बिग्रिएपछि टेलिफोनको बिल पनि चढ्दै गयो, हाल न टेलिफोन छ न टेलिफोन सेट नै । चौकीमा कार्यरत एक प्रहरीले नेपाल समाचारपत्रलाई गुनासो पोख्दै भन्नुभयो– ‘यहाँ टेलिफोन नभएको सबैलाई जानकारी छ ।

माथिबाट बजेट छैन भन्ने कुरा आउँछ स्थानीय जनप्रतिनिधिले ध्यान नै दिनुहुन्न ।’ टेलिफोनको अहिलेसम्मको बक्यौता र साधारण टेलिफोन सेट गरी करिब ६ हजार भए अहिलेको समस्य समाधान हुने उहाँको भनाइ छ ।निर्वाचित जनप्रतिनिधिहरु सस्तो लोकप्रियता बटुल्दै भोट बैंकका लागि मात्रै पछि दगुर्दा नगरपालिकाकै सुरक्षा क्षेत्रमा खटिने प्रहरीले यति सानो सहयोगसमेत पाउन नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्