डा.श्रेष्ठ कोबायासी पुरस्कारबाट पुरस्कृत



काठमाडौं, (नेस)। 

नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर हरिसिद्धिका कार्यकारी अध्यक्षएवम् वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठ ‘छैटौं कोबायासी फाउन्डेसन पुरस्कार–२०२०’ बाट पुरस्कृत हुनु भएको छ ।नेपालमा क्यान्सरको उपचार तथा रोकथाममा उल्लेखनीय योगदान गरेको भन्दै जापानको कोबायासी फाउन्डेसनले डा. श्रेष्ठलाई यो पुरस्कार प्रदान गरेको हो । जापानमा शनिबार बिहान आयोजित क्यान्सरसम्बन्धी भर्चुअल सम्मेलनमा पाँच लाख जापानीयनसहित कोबायासी पुरस्कार डा. श्रेष्ठलाई प्रदान गरिएको घोषणा गरिएको हो ।

फाउन्डेसनले गतफागुनमा नै सो पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो । तर,विश्वव्यापी महामारी कोरानाको कारण फाउन्डेसनको औपचारिक कार्यक्रम स्थगित भएको थियो । केहीमहिना अघिदेखि फेरि कोरानाकै कारण नेपाल र जापानमा लकडाउन भएकाले भर्र्चुअल सम्मेलनबाट प्रदान गरिएको हो । पुरस्कार बापतको राशि र प्रशंसापत्र यसै हप्ता नेपाल आउने जनाइएको छ । थाइल्यान्ड का डा. अरुनी देचाफुनकुल र हङकङका प्राडा टोनी मोकलाई पनि छैटौं कोबायासी फाउन्डेसन पुरस्कार–२०२० प्रदान गरिएको छ ।

भर्चुअल सम्मेलनमा बोल्दै कार्यकारी अध्यक्ष डा. श्रेष्ठले कोरानाको कारण क्यान्सर भएका बिरामीको उपचारमा केही कठिनाइ भएतापनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल उच्च राख्दै अस्पतालले कोरोना संक्रमित क्यान्सरका बिरामीको सफलउपचार गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्