बाजुराका सय गाउँ पहिरोको उच्च जोखिममा



दयाराम पण्डित, बाजुरा । 

अविरल वर्षाका कारण हिमाली गाउँपालिकाका ४० घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन् । गाउँको तलबाट निरन्तर पहिरो जान थालेपछि अधिकांश बस्ती नै जोखिममा परेको हो । लगातार आएको मनसुनले हिमाली गाउँपालिका–४ फैतीका २५ घरपरिवार र वडा नं ६ बोल्ढीकका १५ घरपरिवार विस्थापित भएको हिमाली गाउँपालिकाका प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले जानकारी दिनुभयो । फैतिका पहिरोले विस्थापित भएका चार परिवारलाई सोही गाउँपालिकाकोे शैलेश्वरी माध्यमिक विद्यालयमा राखिएको छ ।

त्यसैगरी,गत शनिबार देखिको निरन्तर वर्षाका कारण बूढीनन्दा नगरपालिका–१ को पिपलडाली गाउँपहिरोको उच्च जोखिममा परेको छ । गुनिखार भन्ने भीरबाट पहिरो झर्न थालेपछि सिङ्गो बस्ती नै उच्च जोखिममा परेको हो ।२०६९ जेठ १८ गतेको बाढी पहिरोले पीपलडालीमा पाँच जनाले ज्यान गुमाएका थिए । अहिले फेरि त्यहीभीरबाट पहिरो खस्न थालेकाले थप चिन्ता थपिएको स्थानीयले बताएका छन् ।जिल्ला प्रशासन कार्र्यालय बाजुराले नौवटै स्थानीय तहका एक सय १६ बढी गाउँ बाढीपहिरोको जोखिममा रहेका छन् । त्रिवेणी नगरपालिकामा १३ गाउँकानौ सय ७१ परिवार उच्च जोखिममा रहेका छन् । सोहीनगरपालिकाको विशाल बजारका एक सय ७० घरधुरी, वडा नम्बर दुईको सिम्ला, सिन्नेकोट तीन सय ७२ घरधुरी , वडा नं चारको पिपलसैनकाएक सय ५७ घरधुरी वडा पाँचको दुई सय १७ घरधुरी जोखिममा रहेका छन् । बूढीगंगा नगरपालिकामा २५ गाउँका६ सय २५ परिवार उच्च जोखिममा रहेको जनाइएको छ ।

खप्तड छेडेदह गाँउपालिकामा १४ गाउँकातीन सय ३२ परिवार जोखिममा रहेका छन् । गाउँपालिका मेलतोला, आरूगडा, नाउली खोला गाँज्रा, बल्दे, घट्टेखोला धनाल्त, टुनीसैन गुइवन, चास्ला माडिखोला, छडिपाताल, गुम्लागाउँउच्च जोखिममा छन् । त्यस्तै, बूढीनन्दा नगरपालिकामा १० गाउँ जोखिममा छन् । नगरपालिकाका पिपलडाली, साउने गाँउ, दैया, मटेला, पारतोला, जंसाल, रावतवाडा, कोल्टी बजार घोडाकोट, भुलेना, सिराडी, नौलाकोट गाँउ स्थानान्तरण गरिनु पर्ने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । जगन्नाथ गाउँपालिका मुसेखोला, तल्लो हुनी र वस्केना गरी तीन गाउँउच्च जोखिममा रहेका छन् । त्यस्तै, स्वामी कार्तिक गाउँपालिकाका नौ गाउँ जोखिममा रहेका छन् । गाँउपालिका वर्कु, रुडी, जोरू, मुक्तिकोट सुपाना, पुडेनी जुकु, वाइ, मिगु गाउँ जोखिममा रहेको गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले बताउनु भएको छ ।हिमाली गाउँपालिकाका पाँच गाउँ, बडिमालिका नगरपालिकाका १५ गाउँ गौमुल गाउँपालिकाका २१ गाउँ पहिरोको उच्च जोखिममा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्