कर्णालीमा आमसञ्चार नीति बनाइने



दिपेन्द्र शर्मा, सुर्खेत ।

कर्णाली प्रदेशमा आमसञ्चार नीति वनाइने भएको छ । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानुनमन्त्री सीताकुमारीले कर्णाली प्रदेश सरकारले आमसञ्चार नीति बनाउने वताउनु भएको छ । नेपाल पत्रकार महासंघद्वारा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शनिवार आयोजित कर्णाली प्रदेशको सञ्चार नीतिबारे संवाद कार्यक्रममा कानुनमन्त्री नेपालीले कर्णाली प्रदेशमा आमसञ्चार नीति वनाउने वताउनुभएको हो ।

कर्णालीमा आमसञ्चार नीति नवनेको हुनाले सरोकारवालाको सहभागीतामा कर्णाली सुहाउदो सञ्चार नीति निमार्ण गरिने मन्त्रि नेपालीले वताउनुभयो । सरोकारवालाको प्रत्येक्ष सहभागीतामा वनाउने कानुन वढि प्रभावकारी हुने भएकोले प्रदेश सरकारले सवैको सहभागीतामा सञ्चार कानुन वनाउने धारणा ब्यक्त गर्नुभयो । कर्णाली प्रदेशमा सञ्चार निति आवश्यक भएकोले सरकारले तत्काल यसको आवश्यक प्रक्रिया अगाडी वढाउने जानकारी दिनुभयो ।

उत्कृष्ट सञ्चार नीति निर्माण गर्न संविधानको भावना अनुसार अन्य प्रदेशका सञ्चार नीतिको समेत अध्ययन गरी कर्णाली सुहाउँदो नीति बनाउने मन्त्रि नेपालीले जानकारी दिनुभयो । कार्यक्रममा पत्रकार महाँसघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले सञ्चार नीति विना कानुन बन्ने गरेकोले तत्काल कर्णाली प्रदेशको सञ्चार नीति निमार्ण गर्नुपर्ने धारणा राख्नुभयो । प्रदेश सरकारले अन्य प्रदेश भन्दा पनि कर्णाली मैत्रि सञ्चार नीति वनाउनुपर्नेमा जोड दिनुभयो ।

सञ्चार नीतिको आधारमा आवश्यक कानुन, संरचना र कार्यक्रम निर्माण तथा तय हुने भएकोले यथाशक्य छिटो नीति तर्जुमा गरिनुपर्नेमा सेजुवालले जोड दिनुभयो । संविधानले दिएको अधिकारको आधारमा कर्णालीमा प्रदेशमा कस्तो सञ्चार नीति बनाउने प्रमुख दायित्व सरकारको भएकोले प्रदेश सरकारले नीति निमार्णको प्रक्रिया थाल्नुपर्ने सेजुवालले वताउनुभयो । सरकारका नीति वन्दा भूगोलमैत्री र श्रमजीवी पत्रकारमैत्री बन्नुपर्ने उहाँको भनाई छ ।

कार्यक्रममा सहभागीहरुले सरोकारवाला पक्षसंग छलफल तथा परामर्श गरेर नीति वनाउनुपर्नेमा जोड दिएका छन । कार्यक्रममा उनिहरुले सञ्चार नीतिको आवश्यकता र त्यसको स्वरुपबारे आफनो सुझाव राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्