दोर्दी खोलाले बगायो १५ घर



लमजुङ, (नेस)  । 

सोमबार साँझदेखि निरन्तर परेको वर्षाका कारण दोर्दी खोलामा आएको बाढीले दोर्दी गाउँपालिका–८ हिलेबजारका १५ घर बगाएको छ । मङ्गलबार बिहानबाट पसेको बाढीले पक्की तथा जस्ताले बनाइएका १५ घर बगाएको हो ।

घर जोखिममा परेका स्थानीयलाई फलेनी माध्यमिक विद्यालयको भवनमा राखिएको प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताउनुभयो । दोर्दी गाउँपालिका–६ कीर्तिपुरका कृष्ण घलेको कुखुराको खोरसमेत बाढीले बगाएको दोर्दी गाउँपालिका उपाध्यक्ष दिलबहादुर घलेले बताउनुभयो । बोइलर र लेयर्स गरी करिब पाँच सय कुखुरासहित खोर बगाएको उहाँको भनाइ छ ।

हिलेबजारका अधिकांश घर जोखिममा परेको घलेले बताउनुभयो । बजार तल रहेको खोला बढ्दै आएपछि बजारका क्षति पु-याएको हो । दिउँसोको समयमा बाढी आएकाले घरका केही सामान सार्न भ्याएको स्थानीय एवं वडा सदस्य चन्द्रबहादुर गुरुङको कथन छ । बाढीका कारण बिजुलीका पोल, खेलमैदानमा समेत क्षति पु-याएको छ ।

प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले हिलेबजारका बस्ती जोखिममा रहेको उचित कदम चालिने बताउनुभयो ।यसैगरी, मनाङको नासु गाउँपालिकाको कार्यालय, प्रहरीचौकी धानरापानी बगाएको छ । धारपानीमा रहेको प्राइम कमर्सियल बैंक र प्रभु बंैकको कार्यालयसमेत बगाएको छ । त्यस्तै, पाँच वटा होटल पनि बाढीले बगाएको छ ।

प्रतिक्रिया दिनुहोस्