झापामा नदी दोहन रोकिएन



भद्रपुर(ने.स) ।

सरकारले नदीजन्य पदार्थ उत्खननमा तीन महिना रोक लगाए पनि झापामा निर्बाध रुपमा खोला दोहन गरिरहेको पाइएको छ । प्रत्येक वर्ष असार देखी भदौ मसान्तसम्म उत्खननमा रोक लगाउदै आइरहेपनि व्यवसायीले अवज्ञा गरिरहेको पाइएको हो ।

खोला दोहन नरोकिएको विभिन्न क्षेत्रबाट गुनासो आएपछि खटिएको झापा प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न २३ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका २३ सवारीसाधनमध्ये १८ वटा टिपर, चार वटा ट्याक्टर र एउटा पिकअप रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो प्रहरीले मेचीनगर र अर्जुनधाराका खोलाबाट उत्खनन र ओसारपसार गर्ने सवारीसाधनलाई नियन्त्रणमा लिएको डिएसपी थापाको भनाइ छ । अस्थायी प्रहरी चौकी इँटाभट्टाले प्रदेश ०३–००१–क–०२८९, प्रदेश ०३–००१–क–२३४, प्रदेश ०३–००१–क–००९८ र प्रदेश ०३–००१–क–००१५ नम्बरको टिपर मेचीनगर ८ स्थित दोकान डाँडाबाट नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय बुधबारेले बालुवा लोड गरिएको मे १च २००५ नम्बरको पिकअप विरीङ खोलाबाट नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको पिकअपलाई कारबाहीका लागि बुद्धशान्ति गाउँपालिकाका पठाएको र गाउँपालिकाले १० हजार जरिवाना तिराएको थापाले जनाउँनुभयो ।त्यस्तै इलाका प्रहरी कार्यालय धुलाबारीले प्रदेश ०३–००१–क–००८९, प्रदेश ०३–००१–क–००९९, प्रदेश ०३–००१–क–००९१, प्रदेश ०३–००१–क–००९२, प्रदेश ०३–००१–क–००९३, प्रदेश ०३–००१–क–००९७, ना १ क ७८९३, बा प्र०३–००१–क–००२७३, बा प्र ०३–००१–क–०२८८ र नम्बर उल्लेख नभएको अन टेस्ट दुई वटा टिपर मेचीनगर ३ दोकान डाँडाबाट नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । टिपरहरूले स्टक प्रमाणित नगराएको पुरुवा मिक्स गिट्टी ओसारपसार गरिरहेको फेला परेको उहाँले बताउँनुभयो ।

त्यसैगरी प्रहरी चौकी शनिश्चरेले प्रदेश–२–०३–००१–ख–३१८०, प्रदेश–२–०३–००१–ख–३१८९, प्रदेश–२–०३–००१–ख–३२७०, प्रदेश–२–०३–००१–ख–३२६८ नम्बरको टिपर र मे १ त ५३२८, मे १ त ७६५४, मे १ त ४०६०, प्रदेश–१–०१–००१–त–८०४६ नम्बरको ट्याक्टर अर्जुनधारा ४ स्थित विरीङ खोलाबाट नियन्त्रणमा लिएको थियो ।त्यसमध्ये मे १ त ५३२८ ट्याक्टरलाई कारबाहीका लागि अर्जुनधारा नगरपालिका पठाएको र नगरपालिकाले १० हजार जरिवाना तिराएको डिएसपी थापाले बताउँनुभयो । नियन्त्रणमा लिएका सबै सवारीसाधनलाई सम्बन्धित पालिकाहरूमा पठाइसकेको उहाँले बताउँनुभयो ।

चुरे दोहन रोकथाम तथा नियन्त्रणका लागि सङ्घीय सरकारले असार, साउन र भदौ महिना देशभरका नदी तथा खोलाबाट नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको छ । संघीय सरकारको निर्णयबमोजिम खोलाको ठेक्का लगाउने स्थानीय सरकारले पनि सूचना जारी गर्दै नदीजन्य पदार्थ उत्खननमा रोक लगाउनुका साथै उत्खनन गरी स्टक राखिएको नदीजन्य पदार्थको स्टक प्रमाणित गर्न आह्वान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्