सुदूरपश्चिम प्रदेश: ३० अर्ब ३३ करोड



विमल विष्ट, डोटी । 

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८-७९ का लागि ३० अर्ब ३३ करोड रुपिया“को बजेट ल्याएको छ । यो चालू आर्थिक वर्षको भन्दा झन्डै तीन अर्ब कम हो ।

मंगलबार प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले ३ प्रस्तुत गर्नुभएको बजेटमा १० अर्ब ६६ करोड ९ लाख चालू र १७ अर्ब ६५ करोड ४० लाख पु“जीगत बजेट रहेको छ । आगामी आर्थिक वषमा प्रदेश सांसदले ३ करोड रुपिया“ चुनाव क्षेत्रमा प्रदेश पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्न ९६ करोड बजेट विनियोजन गरिएको छ । प्रदेश गौरवका आयोजना र क्रमागत योजनाका लागि ५ अर्ब १२ करोड, तटबन्धनका लागि २ अर्ब २ करोड, खानेपानी योजनाका लागि १ अर्ब ३४ करोड, मुख्यमन्त्री कृषि तथा पशुपन्छी विकास कार्यक्रमका लागि १६ करोड रुपिया“ बजेट विनियोजन गरिएको छ ।

बजेटमा अस्पताल स्तरोन्नति तथा सेवा सुधार वर्ष कार्यक्रम सञ्चालन गर्न २ अर्ब ४२ करोड ५८ लाख, कोरोनालगायतका महामारी रोकथाम र उपचारका लागि ९० करोड, विद्यालय सुधार कार्यक्रमका लागि १ अर्ब १७ करोड र महिला सशक्तिकरण कार्यक्रमका लागि ५ करोड रुपिया“ बजेट विनियोजन गरिएको छ । कैलाश मानसरोवार प्रवेशद्वार निर्माणका लागि २० करोड ९० लाख, खप्तडमा पूर्वाधार विकास गर्न दुई करोड ५० लाख, सशस्त्र द्वन्द्वमा पीडित र घाइते परिवारलाई रोजगार बनाउन १० करोड रुपिया“ बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्