नगर स्वास्थ्य शाखाद्धारा पोषण कर्नर स्थापना



बासुदेव शर्मा, जाजरकोट ।

जाजरकोट भेरी नगरपालिका स्वास्थ्य शाखामा पोषण कर्नर स्थापना भएको छ । पोषण सुधारको लागी भेरी नगरपालिकाको स्वास्थ्य शाखाको समन्वयमा हेल्भेटास नेपाल, पोषण सुधारका लागी जागरण परियोजना सन्साईको सहयोग तथा पहाडी क्षेत्र विकास अभियान, रेडियो हाम्रो पाईला एफ एम जाजरकोटको आयोजनामा भेरी नगरपालिकाको स्वास्थ्य शाखाको कार्य कक्षमा पोषण कर्नर स्थापना गरिएको हो ।

कोरोना भाईरसको महामारीले विकराल रुप लिन थालेपछि पोषिलो खानाले कोभिड १९ को संक्रमणसग लड्न सक्नेभाईरस न्युनिकरणमा सहयोग पुग्ने भएकोले भेरी नगरपालिका नगर स्वास्थ्य शाखामा नागरिकले देख्ना सक्ने स्थानमा पोषण कर्नर स्थापना गरिएको छ ।नागरिकहरुले खानेकुुरा मिलाएर खाना सिकुन भन्ने उद्धेश्यले विशेषगरी स्थायिन रैथाने वालीको संरक्षणमा जोड दिएको पोषण सुधारका लागी जागरण परियोजना सन्साईले उपभोग तथा उत्पादन गरि पोषण युक्त खानपानमा सुधार ल्याउने परियोजनाको मुख्य लक्ष्य लिएको पहाडी क्षेत्र विकास अभियान जाजरकोटका कार्यकारी निर्देशक रण बहादुर कार्कीले वताउनु भयो ।नागरिकलाई खानपानका माध्यामबाट विभिन्न किसिमका रोगहरुले आक्रमण गर्न सक्ने भएकोले पोषण सुधारको लागी विगत दुई वर्ष यता शुरु भएको हो । पोषण सुधार गरि नागरिकलाई रेडियो कार्यक्रम समुह, स्वास्थ्य संस्था, कृषि विकास कार्यालय पशु सेवा कार्यालय स्वास्थ्य शाखा, कृषि शाखाका प्रमुख लगाएत सरोकारवालाहरुसग अन्तरक्रिया गरिरहेको स्थानिय रैथाने बाली संरक्षणमा लाग्न नागरिकलाई उप्रेरण दिने काम गरेको रेडियो हाम्रो पाईला एफ एमका प्रवन्ध निर्देशक बालकुमार शर्माले बताउनु भयो ।

भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दल बहादुर घर्तिले पोषण कर्नर स्थापनाले नागरिकलाई खानपानमा जानकारी हुने भएकोले परियोजना र नगर स्वास्थ्य शाखाको पहलमा पोषण कर्नर स्थापना गरेकोमा खुशी व्यक्त गर्नु भयो । स्थानिय खाद्यय वस्तुबाट विभिन्न प्रकारका रोगहरुसग लड्न सक्ने शक्ति हुने भएकोले स्थायिन रैथाने वालीलाई प्रवद्र्धन गरि नागरिकलाई पोषण युक्त खानेकुरा उपभोग र बजारिकरण गरि स्वस्थ नागरिक निर्माण गर्न सहयोग पुरयाउने उद्धेश्यले विभिन्न किसिमका खाद्यय वस्तु सहित सेवाग्राहीले देख्ने स्थानमा पोषण कर्नर स्थापना गरेका छौ निमित्त प्रमुख प्रशासकिय अधिकृत घर्तिले भन्नु भयो ।कोरोना महामारीको समयमा वेसार पानी, अधुवा टिमुर सिस्ने कोदाको रोटी, कोदाको खुवा जस्ता खाद्यय परिकारले रोगसग लड्ने क्षमता दिएको प्रत्यक्ष अनुभव भएकोले स्थानिय रैथाने बाली संरक्षण गर्न नागरिकलाई हौसला प्रदान गरेका छौ विभिन्न किसिमका विउ तरकारीको विउ विजन फलफुलका विरुवा नगरपालिकाले वितरण गरेको उहाँले वताउनु भयो ।पोषण सुधारका लागी जागरण परियोजना सन्साई संन्चालन भएपछि नागरिकहरुले उपभोग र उत्पादनमा जोड दिएको स्थानिय नागरिकको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्